दार्जिलिङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आफ्नो चार दिवसीय पहाड़ भ्रमण पूरा गरेर आज फर्किइन्। उनी गत ११ जुलाईको दिन पहाड़ आएकी थिइन्। उनी १२ जुलाईमा दार्जिलिङमा जीटीएको सभासदहरूको शपथ ग्रहण समारोहमा सामेल भइन् भने १३ जुलाईको दिन दार्जिलिङमा सम्पन्न भानु जयन्ती सामेल भएर आज उनी कोलकोता फर्किएका छन्। उनी दार्जिलिङबाट खरसाङ भएर बागडोगरा विमान स्थल हुँदै कोलकोता फर्किएका छन्।

यसावधि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई बिदाई दिनलाई दार्दिलिङको भानु भवन अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा अनि हिल तृणमूल कंग्रेसको शीर्षस्थ नेताहरू उपस्थित रहेका थिए। मुख्यमन्त्री खरसाङ आईपुग्दा दिउँसोको १२.३५ भएको थियो। उनी अाज खरसाङ ओर्लेनन् बरु गाड़ीभित्र रहेर नै जनताको अभिवादन स्वीकार्दै खरसाङको रोहिणी रोड हुँदै बाघडोगरा हवाई अड्डामार्फत् कोलकोता फर्किएकी छन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आज दार्जिलिङको भानु भवनमा सम्पन्न जीटीएको चिफ् एक्जीक्युटिभको रुपमा अनित थापाको शपथ ग्रहण समारोहमा अंश ग्रहण नगरी फर्किएकी छन्।