साउथ दमदममा युवतीको डेङ्गूले मृत्यु

IMG-20230410-WA0169-11-300x172-12

कोलकाताः राज्यमा डेङ्गूले अझ् एक रोगीको मृत्यु भएको छ। घटना शनिवार राति उत्तर २४ परगना जिल्ला अन्तर्गत दक्षिण दमदम क्षेत्रको हो। मृत रोगीको नाम समाप्ति मल्लिक (मोतीझील क्षेत्रको एमएम घोष रोड निवासी) बताइएको छ।

समाप्ति मल्लिकलाई गत केही दिनदेखि ज्वरो समेत धेरै लक्षण देखिएको थियो। छात्ती दुःख्नु थालेपछि उसलाई पहिले आरजीकर अस्पतालमा भर्ती गराइयो, जहाँबाट अझ् अस्वस्थ भएपछि उसलाई नागेरबजारको एक निजी अस्पतालमा भर्ती गराइयो। सास लिनमा समस्या बढ़ेपछि उसलाई शनिवार राति फेरि आरजीकर अस्पतालमा भर्ती गराइयो। अस्पतालमा भर्ती गराइएको केही घण्टापछि उसको मृत्यु भयो। उसको मृत्युप्रमाण पत्रमा डेङ्गू उल्लेख गरिएको छ। राज्यमा डेङ्गूले अहिलेसम्म ५० भन्दा धेरैको ज्यान गइसकेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement