परफ्यूम गोदाममा भीषण आगलागी

IMG-20230410-WA0169-11-300x172-12

कोलकाताः महानगर कोलकाताको इलियट रोड स्थित एक परफ्यूम गोदाममा हिजो राति भीषण आगो लाग्यो। दमकलका धेरै गाड़ीहरू घटनास्थलमा पुगे र अथक प्रयासपछि आगो निभाउन सकियो। यद्यपि, घटनामा कोही हताहत भएको सूचना छैन।

पुलिस अनुसार, शनिवार राति लगभग ९ बजी इलियट रोड स्थित परफ्यूम गोदाममा आगो लाग्यो। गोदाममा प्लास्टिकको समान पनि राखिएको बताइँदैछ। ना-ना थरीको खानाको प्याकेट थियो। आगो तीव्र गतिमा फैलियो जसलाई अथक प्रय़ासपछि निभाउन सकियो। अहिलेसम्म नोकसानको अनुमान लगाउन सकिएको छैन। दमकलकर्मी र पुलिसले आगो कसरी लाग्यो, यसको जाँच गरिरहेछ।

उल्लेख्य, गत एक महिनामा कोलकातामा आगो लागेको तीन घटना भइसकेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement