अवैद्य गाँजा सहित ट्रक औ चालक जफत

IMG-20231001-WA0237.jpg

जलपाईगढ़ी: जलपाईगढ़ी जिल्लाको आम्बाड़ी क्यानल रोडमा एसटीएफ पुलिसको टोलीले करीब १६ लाख रुपियाँ बराबरको अवैद्य गाँजा सहित एकजनालाई पक्राउ गर्न सफल भएको छ। आईताबार अपरान्ह गोप्य सूचनाको आधारमा एसटीएफ पुलिसले वाहन रोकेर जाँच गर्दा करीब १६१ किलोग्राम अवैद्य गाँजा बरामद गरेको थियो जसको अनुमानिक मूल्य १६ लाख रुपियाँ बताईएको छ।

पुलिसले उक्त ट्रकको चालक गोविन्द घोषलाई पक्राउ गरेको छ भने प्राथमिक जाँचमा उक्त अवैद्य गाँजा कोचबिहारदेखि बिहारतर्फ तस्करी गर्न लगिरहेको पुलिसले थाह पाएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement