पैसा नदिॅंदा मारेर झुण्डाएको आरोप

IMG-20230528-WA0320-5-300x172-9

कुचबिहारः माथाभाङ्गा शहरको न्यूटाउन पाड़ा क्षेत्रमा आज एक गृहिणीको शव उसको घरमा पाइयो। घटनाले क्षेत्रमा सनसनी फैलियो। गृहिणीको नाम पिंकी साहा बताइएको छ। घटनाको सूचना पाएर माथाभाङ्गा थाना पुलिस घटनास्थलमा पुग्यो र शवलाई आफ्नो कब्जामा लियो। माथाभाङ्गा थाना पुलिसले पूरा घटनाको जाँच शुरू गरेको छ।

मृतक गृहिणीको पिताले आरोप लगाएका छन् कि छोरीको बिहे २००८ मा भएको थियो। बिहेमा दाइजो दिएपनि उसलाई बिहे पश्च्यात आफ्नो पिताको घरबाट पैसा ल्याउने दबाउ पारिन्थ्यो। पैसा नदिँदा उसलाई प्रताड़ित गरिन्थ्यो। पैसा नदिँदा छोरीको हत्या गरी फाँसीमा झुण्डाइएको हो।

अर्कोतिर, गृहिणीका पति बापी साहाको भनाई छ, पत्नी मानसिक रूपमा बिरामी थिइन्। जसको दवाई पनि चलिरहेको थियो। हिजो राति झगड़ा भएको थियो। जसपछि आज बिहान फन्दाबाट झुण्डेर उसले आफ्नो ज्यान दिइन्। उनीमाथि लगाइएको सबै आरोपहरू मिथ्या हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement