नयाँ दिल्ली: बलिउडका दबंग नायक सलमान खान लामो समयदेखि ठूलो पर्दामा नदेखिए पनि उनी प्रायः हेडलाइनमा रहन्छन्। कहिले आफ्नो फिल्मको सुटिङका लागि त कहिले अन्य कारणले उनी चर्चामा रहन्छन्। हालै यस्तो जानकारी सार्वजनिक भएको छ, जसपछि उनी फेरि चर्चाको विषय बनेका छन्। यस पटक सलमानले बिग बोसको १६औं सिजनका लागि १०५० करोड कमाउन सक्छन्। तर, यसको आधिकारिक पुष्टि भने भइसकेको छैन। स्रोतको यो खबर सत्य साबित भएमा सलमानले पारिश्रमिकको हिसाबले नयाँ कीर्तिमान बनाउने छन्।
वास्तवमा यो खबर बिग बोसको हो। हालै, स्रोतलाई उद्धृत गर्दै यो प्रकाशमा आएअनुसार सलमान खानले बिग बोसको अर्को सिजनको लागि आफ्नो शुल्क बढाउने निर्णय गरेका छन्। यस पटक शोका लागि सलमानले मोटो रकम लिन सक्ने स्रोतको दाबी छ। महामारीका कारण सलमानले पहिले आफ्नो पारिश्रमिकमा सम्झौता गर्नु परेको थियो तर अब सबै कुरा ट्रयाकमा फर्किएपछि सलमान पनि आफ्नो पारिश्रमिक बढाउने तर्खरका छन्।