सिलगढ़ी। देशभरी स्वच्छता नै सेवा कार्यक्रम चलिरहेको क्रममा सिलगढ़ी आईपुगेकी केन्द्रिय मन्त्री स्मृति इरानीले आईताबार नक्सलबाड़ीको अटल चियाबारीमा सफाई कार्यक्रममा सहभागिता जनाईन। उक्त अवसरमा नै मन्त्रीले चियाश्रमिकहरुसित वार्तालाप गर्दै उनीहरुको दुखेसो सुनिन् भने समस्याको समाधान गर्ने पनि आश्वासन दिएकी थिईन्। डागापुरमा चिया श्रमिकको ऱ्यालीमा जान अघि तिनले चिया श्रमिकहरुसित भेटवार्ता गरेकी थिईन्।

सो अवसरमा केन्द्रिय मन्त्री स्मृति इरानीसित दार्जीलिङका सांसद राजु विष्ट, भाजपा पर्यवेक्षक मंगल पान्डे र अलिपुरद्वार सांसद तथा केन्द्रिय मन्त्री जोन बारला एवम् अन्यान्यको उपस्थिति रहेको थियो।