एसएसबी ५३ वाहिनीद्वारा स्वच्छता नै सेवा कार्यक्रम

698633fa-da95-4596-a3b3-5785607c38db

कालचिनीः स्वच्छता नै सेवा, सँगै मिलेर गरौँ, कार्यक्रम अन्तर्गत आईताबार बिहान १०:०० बजी एसएसबी ५३ वाहिनी सिमलाबाड़ी फालाकाटाद्वारा सरसफाईको लागि श्रमदान कार्यक्रम सम्पन्न गऱ्यो। एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट विजय सिंहको उपस्थितिमा भव्य सरसफाई अभियान सम्पन्न भएको थियो। फालाकाटा रेलवे स्टेशन, बस स्ट्यान्ड एवम् संलग्न क्षेत्रमा सर्वसाधारणलाई साथमा लिएर व्यापक सरसफाई सम्पन्न गरिएको थियो। सर्वसाधारण जनताको सहयोगमा बस स्ट्याण्ड, फालाकाटा र वरिपरिका क्षेत्रमा आयोजना गरिएको उक्त अभियानमा फालाकाटा रेलवे स्टेसनका अधिकारी तथा कर्मचारी, बस स्ट्यान्ड फालाकाटा नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो। अभियानमा उपकमान्डेन्ट हर्ष सिन्हा, उपकमाण्डेन्ट डा. आरए कारदे, सहायक कमाण्डेन्ट डाक्टर अशोक राय, फालाकाटा नगरपालिकाका अध्यक्ष, वार्ड नम्बर ९ का वार्ड पार्षद प्रदीप मुरी, वार्ड काउन्सिलर रतन सरकार, वार्ड नम्बर १५ का काउन्सिलर अभिजित राय लगायत अन्यान्यको उपस्थिति रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement