सिलगढ़ी। मजदुर र्यालीलाई सम्बोधन गर्ने क्रममा केन्द्रिय मन्त्री स्मृति इरानीले तृणमूल नेताहरुको कटमनी अहिले बन्द छ यसैले कटमनी पाउने आन्दोलन गर्न यिनीहरु दिल्ली गएको कटाक्ष गरेकी छन्। उत्तरबङ्गालका चिया श्रमिकहरुको विभिन्न मागका सम्बन्धमा केन्द्र र राज्यका नेता औ भाजपा समर्थकहरुको बाक्लो उपस्थितिमा आइतबार डागापुर मैदानमा चिया श्रमिकहरुको जनसभा आयोजना गरिएको थियो। यसमा बाल तथा महिला कल्याण विभागकी केन्द्रिय मन्त्री स्मृति इरानी उपस्थित थिइन्। बैठकमा उहाँलाई चियाको कप र तिनको फोटो दिएर सम्मान गरिएको थियो। उनले आफ्नो सम्बोधनमार्फत राज्यको सत्तारुढ़ दलमाथि प्रहार गरे। उनले भनिन् राज्यमा चिया श्रमिकहरुको तलब बढ़ेको छैन तर तृणमूल मन्त्री र विधायकको भत्ता बढिरहेको छ।

विधायकको गोजी भर्नलाई कटमनीको पैसा जुटाउन दिल्ली जाँदैछन्। चियाकमानका श्रमिकहरुले हक अधिकार नपाउँदासम्म आफ्नो पार्टीले आन्दोलन जारी राख्ने मन्त्री स्मृति इरानीले सम्बोधन गरिन्।