नयाँ दिल्ली: कोरोनाभाइरसको महामारीसँग जुझ्न अहिलेसम्म करोडौं मानिसले भ्याक्सिनको डोज लगाएका छन्। तर अहिले कोरोना भ्याक्सिनको दुवै डोज लगाए सरकारले पाँच हजार रुपियाँ दिन्छ भन्ने एउटा उडन्ते समाचार भाइरल भएको छ। सरकारले यस्तो जानकारी दिएको भन्ने ब्ताइएको छ। एक भाइरल सन्देशमा दावी गरिएअनुसार जसले कोरोनाको भ्याक्सिन पाएका छन्, ती व्यक्तिहरूले एउटा मात्र फारम भर्नुपर्नेछ र त्यसपछि सरकारले पाँच हजार रुपियाँ दिनेछ। यो सन्देश दिनप्रतिदिन भाइरल भइरहेको छ। सामाजिक सञ्जालमा धेरै किसिमका मेसेज भाइरल भइरहेका छन्, जसमा अनेक किसिमका दाबीहरु भइरहेका छन्। खोप लगाएपछि पाँच हजार रुपियाँ पाउने गरेको दाबीको सत्यतथ्य पत्ता लगाउन पीआईबीले तथ्य जाँच गरेको छ।
पीआईबीले आफ्नो आधिकारिक ट्विटरमा ट्वीट गर्दै यो जानकारी दिएको छl भाइरल सन्देशमा कोरोनाको भ्याक्सिन पाएकाहरूलाई अनलाइन फारम भरेपछि प्रधानमन्त्री कल्याण विभागले पाँच हजार रुपियाँ उपलब्ध गराएको दाबी गरिएको छ। तर पीआईबीले यो सन्देशको दाबी झुटो भएको बताएको छ। कृपया यो झुटा म्यासेज पनि फर्वार्ड नगर्ने सुझाव दिएको छ। पीआईबीले सामाजिक सञ्जालमा भाइरल हुने यस्ता सन्देशबाट सबै सचेत रहनुपर्ने बताएको छ। पीआईबीले मानिसहरूलाई त्यस्ता सन्देशहरू फर्वार्ड नगर्न आग्रह गरेको छ। त्यस्ता सन्देशहरूबाट बहकाएर, आफ्नो व्यक्तिगत जानकारी र पैसा जोखिम पर्ने बताएको छl