खरसाङ: घैयाबारी वरिष्ठ नागरिक कल्याण संगठनको अयोाजनामा खरसाङ खण्ड अन्तर्गत घैयाबारीको लोवर गैरी गाउँस्थित सार्वजनिक भवनमा प्रौढ दिवस पालन गरिएको छ। उक्त कार्यक्रम घैयाबारी वरिष्ठ नागरिक कल्याण संगठनको सभापति प्रसाद शंकरको अध्यक्षता र सिलगढी निवासी एसएसबीका पूर्व डीएसपी बिजय शर्माको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा वरिष्ठ नागरिकहरू जीडी राई, आरबी राई र अशोक गुरुङ उपस्थित रहेका थिए।

संगठनको सचिव जयराज थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण दिलकुमार छेत्रीले राखेका थिए। सभाध्यक्ष, मुख्य अतिथि र विशिष्ट अतिथिहरूका बाहुलीबाट धुप दीप प्रज्वलन र कैलाश प्रधानद्वारा मन्त्रोच्चारण गरी थालिएको कार्यक्रममा स्वागत नृत्य अनुष्का छेत्रीले प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा प्रौढ दिवस विषयमा सचिव जयराज थापा र वरिष्ठ नागरिक शीतकुमार शाहीले वक्तव्य राखेका थिए। कार्यक्रममा सावित्री थापा, आरती छेत्रीले नृत्य प्रस्तुत गरेका थिए भने जयराज थापा, कैलाश राई र अर्जुन योञ्जनले कविता वाचन गरेका थिए।

त्यसरी नै जीवनकुमार राई, शीतकुमार शाही आदिले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि बिजय शर्मा साथै देवीमाया रोका, हेमराज गुरुङ, शकिला राई आदिले पनि प्रौढ दिवस विषयमा वक्तव्य राखेका थिए। यसै कार्यक्रममा घैयाबारी क्षेत्रका दुईजना वरिष्ठ नागरिकहरू क्रमैले जेबी राई र हेमराज गुरुङलाई सम्मान पनि जनाइएको छ। कार्यक्रममा धन्यवाद ज्ञापन साथै अध्यक्षीय सम्बोधन प्रसाद शंकरले राखेका थिए। कार्यक्रम विषयमा बोल्दै वरिष्ठ नागरिक कल्याण संगठन घैयाबारीको सचिव जयराज थापाले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्।