हि-गाउँमा फार्म स्कूल स्थापित

IMG-20230930-WA0282.jpg

गेजिङ: गेजिङ जिल्लाको आत्मा (एटीएमए) ले हि-गाउँमा फार्म स्कूलको स्थापना गरेको छ। वर्षभर निरन्तर तरकारी उत्पादन गर्न आत्माले यसको स्थापना गरेको हो। कार्यक्रममा स्वागत भाषण गर्दै खण्ड प्राविधिक प्रबन्धक (बीटीएम) विवेक शर्माले आत्मा र फार्म स्कूलको उद्देश्य र महत्तवमाथि प्रकाश पारे। यसैगरी श्रोतवक्ता हेमन्त घिमिरेले विभागीय योजना र यिनीहरूको रूपरेखाबारे बताउँदै फार्म स्कूलमा खेती गर्दा हुने फायदाहरूका बारेमा पनि अवगत गराए। उनले टमाटर, कोल बाली र खोर्सानी जस्ता उच्च मूल्यका उत्पादनहरूको व्यावसायिक खेती गर्न किसानहरूलाई उत्प्रेरित गरे।

आईसीएस-का कार्यकारी सदस्य जीवन शर्माले उपस्थित समूहलाई सम्बोधन गर्दै भर्मीकम्पोष्ट र जैविक खेती अनि यसबाट किसानहरूलाई हुने लाभका बारेमा बताए। वक्ताहरूको सम्बोधनपछि बीटीएम विवेक शर्माद्वारा वक्-इन्-टनलको प्रदर्शनी गरियो। कार्यक्रममा कुमार विष्टलाई फार्म स्कूल शिक्षकका रूपमा छनौट गरिएको छ। यस अवसरमा पञ्चायत उपाध्यक्ष, सम्बन्धित विभागका अधिकारी लगायत स्थानीय प्रगतिशील कृषकहरूको पनि सहभागीता रहेको थियो।

About Author

Advertisement