गॉंधीजीको सबैभन्दा ठूलो शिक्षा अहिंसाको सिद्धान्त थियोः राज्यपाल

IMG-20230930-WA0281.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राष्ट्रपिता महात्मा गॉंधीको जयन्तीको शुभ अवसरमा सम्पूर्ण राज्यवासीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘गॉधीजीको जन्मले आशाको किरण लिएर आएको थियो, जसले अन्धकारलाई चिरेर अन्ततः भारतलाई मात्र होइन तर दक्षिण अफ्रीका र सम्पूर्ण एशियामा लाखौं मानिसहरूलाई मुक्तिको मार्ग देखाए। साथै मानव उत्थान र मुक्तिको निम्ति अहिंसक आन्दोलनले संसारभरिका मानिसहरूको जीवनलाई प्रभावित बनाए।’

राज्यपालले अघि भनेका छन्, ‘गॉंधीजीको सबैभन्दा ठूलो शिक्षा अहिंसाको सिद्धान्त थियो। जसले उत्पीडन र अत्याचार विरूद्ध पनि अहिंसक प्रतिरोधले गहिरो प्रभाव पार्न सक्छ भन्ने शिक्षा दियो। गॉंधीजीको दांडी मार्च, सत्याग्रह र उपवासले उनको आन्तरिक शक्ति र नैतिक साहसलाई दर्साउॅंछ।’

राज्यपालले समाजमा शान्ति, न्याय र समानतालाई प्रोत्साहित गरेर गॉंधीजीको विरासतलाई अगाडि बढाउन प्रयास गर्ने आह्वान गरेका छन्। साथै महात्मा गॉंधीले देखाएको मार्गमा हिडेर अहिंसा र प्रेमको सन्देश विश्वभरि फैलाउन उनले आह्वान गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *