अन्तर चर्च फूटबल प्रतियोगिताको फाइनल आइतबार हुने

IMG-20230930-WA0252.jpg

गान्तोक: सिक्किम इसाई खेलकूद समितिको तत्वावधानमा गत १९ सेप्टेम्बरदेखि गान्तोकस्थित पाल्जर स्टेडियममा शुरू भएको ९ओैं अन्तर चर्च फुटबल प्रतियोगिताको फाइनल खेल आइतबार भव्यताको साथमा सम्पन्न हुने आयोजक समितिले जानकारी गराएको छ। समापन समारोहमा विभिन्न रंगारंग कार्यक्रम आयोजना हुने भएको छ। हालैमा मलेशियामा उत्कृष्ट प्रदर्शनी गर्दै रजत पदक प्राप्त गर्न सफल बनेको पाल्जर नामग्याल विद्यालयका स्कूल व्याण्डको पनि विशेष प्रस्तुति रहनेछ। भोलि फादर्स इलेभेन वनाम सिक्किम इसाई खेलकूद समितिको माझमा प्रदर्शनी म्याच पनि खेलाइने छ।

ज्ञात रहोस् यस पालिको प्रतियोगितामा दार्जिलिङ साथै कलिम्पोङ सहित कूल ३८ वटा दलहरूले भाग लिएका थिए, जसमध्ये सबैलाई उछिनेर साङ्ग इपीसीएस अनि ब्याप्टिस्ट चर्च गान्तोक फाइनलमा प्रवेश गर्न सफल भएको छन। भोलि यी दुई दलमाझ रोमाञ्चक फाइनल खेल सम्पन्न हुने आयोजक समितिले जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement