नरबहादुर भण्डारी जन्मजयन्ती समारोहअन्तर्गत विभिन्न प्रतियोगिता सम्पन्न

IMG-20230930-WA0251.jpg

सोरेङ: ८३औं नरबहादुर भण्डारी जन्मजयन्ती समारोहअन्तर्गत आज सोरेङ वरिष्ट माध्यामिक विद्यालयको स्वर्ण जयन्ती रङ्गशालामा अन्तरविद्यालय नेपाली लोक नृत्य प्रतियोगिता र निम्न माध्यामिक अन्तरविद्यालय पारम्परिक वेष-भूषा प्रदर्शनी प्रतियोगिता सम्पन्न भयो भने अर्कोतिर विद्यालयका कक्षाहरूमा बस अनि लेख र चित्र कोर प्रतियोगिता सम्पन् भयो। लोक नृत्य प्रतियोगितामा २७ वटा विद्यालयले सहभागिता जनाएको थियो भने पारम्पारिक वेष-भूषा प्रदर्शनी प्रतियोगितामा १५ वटा विद्यालयले सहभागिता जनाएको थियो। यसरी नै अन्तरविद्यालय “बसेर लेख् अनि चित्रकोर प्रतियोगिता जम्मा २४ वटा विद्यालयले सहभागिता जनाएको थियो।

८३औं नरबहादुर भण्डारी जन्मजयन्ती समारोह समितिका साँस्कृतिक समितिद्वारा आयोजित कार्यक्रममा क्षेत्र विधायक एवं भण्डारी जयन्ती समारोह समितिका संरक्षक आदित्य गोले मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। यसरी नै जिल्ला पञ्चायतकी अध्यक्ष तिलादेवि गुरुङ, भण्डारी जयन्ती समारोह समितिका महासचिव एवं डीपीओ जिल्ला पञ्चायत दिलिप शर्मा, बीडीओ एसके ढुंगाना, मत्स्य पालन विभागका संयुक्त निर्देशक लोब्जाङ तामाङ, प्राचार्य पीबी छेत्री, समाजसेवी इरज लक्सम, सोरेङ जिल्ला सेवानिवृत्त सरकारी कर्मचारी कल्याण संघका प्रतिनिधिगण, विभागीय अधिकारी, शिक्षक-शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेका थिए।

आज आयोजित विद्यालय र उच्चतर माध्यमिक विद्यालय सोरेङ जिल्ला स्तरीयको नेपाली लोक नृत्य प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख, दोस्रोलाई २ लाख र तेस्रो बन्नेलाई १ लाख रुपियाँ नगद राशि प्रदान गरिने साँस्कृतिक समितिले जानकारी दिएको छ। यसरी नै निम्नमाध्यमिक (सोरेङ जिल्ला) नेपाली लोक नृत्य प्रतियोगितामा ५० हजार, २५ हजार र १५ हजार रुपियाँ प्रथम, दोस्रो र तेस्रो बन्नेलाई प्रदान गरिने भएको छ। सोरेङ जिल्ला स्तरीय “बसेर लेख्ने र बसेर चित्र बनाउने प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो बन्नेलाई २० हजार, १५ हजार र १२ हजार रुपियाँ नगद राशि र चित्रकला प्रतियोगिता प्रथमलाई १५ हजार, दोस्रोलाई १२ हजार र तेस्रोलाई १० हजार रुपियाँसहित आकर्षक ट्रफी प्रदान गरिने साहित्य समितिले जानकारी गराएको छ। निम्नमाध्यमिक विद्यालय स्तरको अन्तरविद्यालय पारम्परिक वेश-भूषा प्रदर्शनी प्रतियोगितामा प्रथम बन्नेलाई ५० हजार, दोस्रोलाई २५ हजार र तेस्रो बन्नेलाई १५ हजार रुपियाँ प्रदान गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement