सोरेङ: सोरेङ जिल्लाको दरामदिन समष्टि अन्तर्गत थोङलिङ प्राथमिक विद्यालय अनि धर्म सुदर्शन क्लब (डीएससी) को संयुक्त तत्वावधानमा आयोजित समष्टि स्तरीय १५४औँ गान्धी जयन्ती समारोहको छैठौं दिनको कार्यक्रममा क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए।
यस स्कूलका अध्यापक साथै स्कूल समितिद्वारा विभिन्न भागहरु मन्त्रीसमक्ष राखे। स्वच्छ भारत स्वच्छता ही सेवा अन्तर्गत १५ सेप्टेम्बरदेखि २ अक्टूबर २०२३ सम्म फोहोर मुक्त भारत अभियानलाई मुख्य विन्दु भएकोले कार्यक्रम शुरु हुन अघि थोङलिङ स्कूलको वरिपरि स्वच्छता अभियान अन्तर्गत “स्वच्छता नै सेवा हो” कार्यक्रम आयोजना गरियो। गत १५ सेप्टेम्बरदेखि आरम्भ भएको स्वच्छ भारत स्वच्छता ही सेवा अन्तर्गत फोहोर मुक्त भारत अभियानमा सबैलाई सहभागिता बनिदिने आग्रह गरे। स्कूलबाट राखिएको सबै मागहरु पूरा गर्ने मन्त्रीले आश्वासन दिए। सन् १९८४ सालमा थोङलिङ स्कूलको स्थापना भएको थियो। १५४औँ गान्धी जयन्ती समारोहको समितिद्वारा जमिनिदाता अन्य व्यक्तित्वगणलाई अभिनन्दन जनाएका थिए भने स्कूल निर्माणको निम्ति जमीन प्रदान गर्ने जमीनदाताय हाङमा सुब्बा राज्य स्तरीय शिक्षक दिवसमा सम्मानित भएका शिक्षिका केएम छेत्री, दोदक ब्लकका सभापति हर्षकुमार छेत्री साथै पुर्व जिल्ला पञ्चायत जीवन गुरुङलाई आजको प्रमुख अतिथि मन्त्री एमएन शेर्पाको बाहुलीबाट अभिनन्दन प्रदान गरियो। कार्यक्रमलाई रोमाञ्चक बनाउन विभिन्न विद्यालयका सा-साना विद्यार्थी नानीहरु संस्कृतिक नृत्य अनि सुन्दर कविता प्रस्तुत गरेका थिए।