राजधानीमा शुरू भयो दुई दिवसीय राज्यस्तरीय कराँते प्रतियोगिता

IMG-20230930-WA0248.jpg

गान्तोक: सिक्किम कराँते एसोसिएशनको तत्वावधानमा आयोजित दुई दिवसीय राज्य स्तरीय कराँते प्रतियोगिताको उद्घाटन आज राजधानीस्थित पाल्जर स्टेडियमको इन्डोर हलमा सम्पन्न भयो। यस प्रतियोगिता आयोजन गरिनुको मुख्य

उद्देश्य राज्यका तृणमूल स्तरमा रहेका खेलाडीहरुलाई प्रोत्साहन गर्नका साथै उनीहरुभित्र रहेको प्रतिभा र क्षमतालाई अझ अघि बढाउनु रहेको कुरा आयोजक समितिका अध्यक्ष विजय गुरुङ अनि महासचिव भीमबहादुर सुब्बाले बताएका छन्। यस प्रतियोगिता सब जुनियर , जुनियर साथै सिनियर वर्गमा आयोजना हुने आयजोक समितिको भनाइ रहेको छ। सो प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुले आगमी वर्षको जनवरी महिनामा नागाल्याण्डमा हुने उत्तरपूर्वीय स्तरको खेलमा साथै राष्ट्रिय स्तरको खेलमा सहभागी हुन पाउने आयोजक समितिको भनाइ रहेको छ।

कराँते खेलले खेलाडीहरुको मनोबल बढाउनका साथै यसले आत्मसुरक्षामा साथै स्वस्थ्यमा पनि सहयोग पुर्‍याउने कुरा बताएका छन्।यसपालीको प्रतियोगितामा सिक्किमका राज्यका छ वटा जिल्लाका खेलाडीहरुले सहभागिता जनाएका छन्।विशेष गरेर खेलमा १५-१८ वर्षसम्माका खेलाडीहरुलाई भाग लिनमा प्रोत्साहित गरिएको छ। कराँते खेल एशियन खेल साथै ओलम्पिक खेलमा पनि समावेश गरिएको खेल भएकोले त्यस स्तरसम्म सिक्किमका खेलाडीहरुलाई पुर्‍याउने लक्ष्य लिएर पनि यस प्रकारको प्रतियोगिताको आयोजना गरिएको कुरा बताए।

भोलि १ अक्टोबरको दिन यस प्रतियोगिताको फाइनल भव्य रुपमा समापन हुने भएको छ भने सो कार्यक्रममा सिक्किम राज्यका मुख्यमन्त्री स्वयं प्रमुख अतिथिको रुपमा उपस्थित रहने आयोजक समितिले जानकारी दिएका छ।

आजको कार्यक्रममा सिक्किम ओलम्पिक एसोसिएसनका अध्यक्ष कुबेर भण्डारी प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। आफ्नो सम्बोधनको क्रममा उनले यस्तो महत्त्वपूर्ण प्रतियोगिता आयोजना गरेकोमा सिक्किम कराँते एसोसिएशनलाई बधाई बधाई दिए। यति धेरै सहभागीहरुले धेरै जोश र उत्साहसाथ भाग लिएकोमा उनले खुशी व्यक्त गरे। सबै सहभागीहरुलाई राम्रो खेल प्रदर्शन गर्ने र राष्ट्रियस्तर साथै ओलम्पिकसम्म पुग्नु पर्ने उनले सुझाव दिए। वर्तमान सरकार खेलको विषयमा सचेत तथा गम्भीर रहेको कारण खेलाडीहरुले सबै प्रकारको सहुलियत र सुविधा सरकारद्वारा प्राप्त गरिरहेको उनले अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement