पूर्वी भारतको ‘हस्पिटल अन व्हील्स-लोटस टीएमटी मेडिकल बस’को वार्षिकोत्सव

IMG-20230930-WA0195

कोलकाता: बीडीजीरमेश गोयल सेवा संस्थान (बीडीजीआरजीएसएस) र फेसेससँगको सहकार्यमा पूर्वी भारतको ठूलो ‘हस्पिटल अन ह्वील- लोटस टीएमटी मेडिकल बस’को एक वर्षको वार्षिकोत्सव शनिबार कोलकाताको जे डब्ल्यु मेरियट होटलमा भव्य कार्यक्रम आयोजना गरेर मनाएको प्रेस विज्ञप्तिमा बताएको छ। अत्याधुनिक चिकित्सा उपकरणले सुसज्जित पूर्वी भारतमा यो आफ्नो प्रकारको पहिलो लोटस टीएमटी मेडिकल बस रहेको विज्ञप्तिमा बताएको छ। जसको सेवाबाट विपन्न व्यक्तिहरूले निरन्तर लाभ लिइरहेको विज्ञप्तिमा बताएको छ। यो गत वर्ष ३१ जुलाईमा रूपमा शुरु सुरू गरिएको थियो। यसको पहिलो शिविर १ अगस्त २०२२ मा कोलकाताको प्रतिष्ठित इडेन गार्डेनमा आयोजना गरिएको थियो। यो उद्घाटन शिविर खेलकुद क्षेत्रमा अथक परिश्रम गर्ने व्यक्तिहरुलाई समर्पित गरिएको थियो। त्यसयता यो मेडिकल बसले १३ हजार किलोमिटरभन्दा बढीको दुरी तय गरि २५० शिविर संचालन गरेको छ। विज्ञप्तिका अनुसार यो मेडिकल बसले पश्चिम बंगालसँगै असम, मेघालय र अरुणाचल प्रदेशमा ४१,६०० बिरामीलाई सफलतापूर्वक सेवा दिएको छ। यो मेडिकल बस बीडीजी मेटल एण्ड पावर लिमिटेडद्वारा प्रायोजित बीडीजी रमेश गोयल सेवा संस्थानको पहल हो। एक वर्षदेखि निरन्तर आनन्दलोक अस्पतालको कृपा चिकित्सा सहयोगमा जनताको सेवा गर्ने प्रयास गर्दै आएको छ।

यो मेडिकल बस १२ मिटर लामो छ। यो सबै प्राथमिक स्वास्थ्य सेवाहरू जस्तै- आँखा, दाँत र ईएनटी जाँच र उपचार, सामान्य जाँच, प्याथोलोजिकल प्रयोगशाला, सामान्य ओपीडी, ईसीजी र एक्स-रे सुविधाहरू सहित अन्य धेरै सेवाहरूसँग सुसज्जित छ। यस अस्पतालमा औषधि र चस्मा पनि नि:शुल्क उपलब्ध गराइने विज्ञप्तिमा बताइएको छ। वार्षिकोत्सव समारोहमा शोभनदेव चट्टोपाध्याय (प्रभारी मन्त्री, कृषि र संसदीय मामिला विभाग), जनाब नदीमुल हक (राज्यसभा सांसद), जावेद अहमद खान (मन्त्री, विपद् व्यवस्थापन र नागरिक रक्षा, पश्चिम बंगाल सरकार) उपस्थित थिए। रमेश चन्द गोयल (फेसेसका बीडीजी समूह अध्यक्ष) इमरान जाकी, (फेसेसका अध्यक्ष), आलोक गोयल (बीडीजी रमेश गोयल सेवा संस्थानका प्रबन्ध ट्रस्टी) र सुमित भट्ट (सचिव, बीडीजी रमेश गोयल सेवा संस्थान) लगायत कोलकाताका अन्य धेरै प्रतिष्ठित व्यक्तित्वहरू कार्यक्रममा उपस्थित थिए।

मिडियासँग कुरा गर्दै बीडीजी ग्रुपका अध्यक्ष रमेश चन्द गोयलले भने, ‘यो बीडीजी रमेश गोयल सेवा संस्थानले गरेको पहल हो, जुन लोटस टीएमटी मेडिकल बसको कल्पना आएदेखि नै मेरो सपनाको परियोजना हो। यसको यात्राको पहिलो वर्षले ग्रामीण क्षेत्रमा पहुँचयोग्य स्वास्थ्य सेवाको लागि मार्ग प्रशस्त गरेको छ, जुन हाम्रो लक्ष्यतर्फको महत्वपूर्ण प्रगति होl’ यस अवसरमा बोल्दै बीडीजी रमेश गोयल सेवा संस्थानका प्रबन्धक आलोक गोयलले भने, ‘लोटस टीएमटी मेडिकल बसले आफ्नो पहिलो वर्षमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। यो आशाको किरण हो जसले देशका दुर्गम ग्रामीण इलाकामा पुगेर विपन्न जनतालाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गरिरहेको छl’ आफ्नो विचार साझा गर्दै इमरान जाकी, अध्यक्ष फेसेसले भने, ‘लोटस टीएमटी मेडिकल बसको साथमा निको हुने हृदय र जीवन परिवर्तन गर्ने ३६५ दिनको यो उत्सवमा सामेल हुन पाउँदा मेरो लागि ठूलो खुशी लागेको छ। अब आउने समयमा हामीले स्वास्थ्य र चिकित्सा क्षेत्रमा काम गर्ने थप एनजीओहरूसँग सहकार्य गर्नेछौं ताकि यो मोबाइल भ्यान सेवाबाट धेरै भन्दा धेरै मानिसहरू लाभान्वित हुन सकून्l’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement