जीटीए सभाको पहिलो सभा सम्पन्न

IMG-20220714-WA0115.jpg

जीटीएको चिफ् एक्जीक्युटिभको रुपमा राज्यपालद्वारा अनित थापालाई शपथ ग्रहण

दार्जिलिङ: आज जीटीए सभा २०२२ को प्रथम सभा दार्जिलिङको स्थानीय गोर्खा रंगमञ्च भवनमा सम्पन्न भएको छ। उक्त सभा नव निर्वाचित सभासद सन्चवीर सुब्बाको अध्यक्षतामा सम्पन्न भएको छ। यसै सभामा नै जीटीए चुनावमा बहुमत प्राप्त गरेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नव निर्वाचित सभासदहरूले पार्टीको अध्यक्ष अनित थापालाई जीटीएको चिफ् एक्जीक्युटिभको रुपमा सर्व सहमतिद्वारा चयन गरेका छन्। त्यसरी नै जीटीएको पहिलो सभामा जीटीएको चेयरम्यानको रुपमा अन्जुल चौहान अनि डेपुटी चेयरम्यानको रुपमा राजेश चौहानलाई सर्व सहमतिद्वारा चयन गरेका छन्। जीटीए सभाको पहिलो सभापछि दार्जिलिङ जिल्ला शासक एस पुनमबालमले पत्रकारहरूसित कुराकानी गर्दै २०२२ मा जीटीए सभाको पहिलो सभा नव निर्वाचित सभासद सन्चवीर सुब्बाको अध्यक्षतामा सम्पन्न भएको जानकारी गराएका छन्। उनले यसै सभामा जीटीए चुनावमा २९ नम्बर खरसाङ गिध्द पहाड़ समष्टि र ३२ नम्बर सिटोङ लाठपञ्जार समष्टीका नव निर्वाचित सभासद अनित कुमार थापालाई जीटीएको चिफ् एक्जीक्युटिभको रुपमा सर्व सहमतिद्वारा चयन गरेको साथै १६ नम्बर नागरी धजे समष्टीको नव निर्वाचित सभासद अञ्जुल चौहानलाई जीटीएको चेयरम्यान अनि १७नम्बर रंगबुल धोतरिया रंगमुक समष्टिबाट नव निर्वाचित सभासद राजेस चौहानलाई डेपुटी चेयरम्यानको रुपमा सभाले चयन गरेको जानकारी गराएका छन्।

पहिलो सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो अध्यक्ष अनित थापाले पनि आज भएको जीटीए सभाको पहिलो सभाले मलाई हाउसको लिडर एंव जीटीएको चिफ् एक्जीक्युटिभको रुपमा चयन गरेको तथा अञ्जुल चौहानलाई चेयरम्यान र राजेस चौहानलाई जीटीएको डेपुटी चेयरम्यानको रूपमा चयन गरेको अनि यतिमै आजको सभा समाप्त भएको बताएका छन्। जीटीए सभाको पहिलो सभापछि राज्यको राज्यपाल जगदीप धङ्करद्वारा अनित थापालाई जीटीएको चिफ् एक्जीक्युटिभको रुपमा शपथ ग्रहण गराएका छन्। अनित थापाले नेपाली भाषामा नै जीटीए चिफ् एक्जीक्युटिभको रुपमा शपथ ग्रहण गरेका छन्। आज दार्जिलिङमा जीटीएको चिफ् एक्जीक्युटिभको रुपमा अनित थापालाई शपथ ग्रहण गराएपछि राज्यपाल जगदीप धङ्करले आफ्नो सम्बोधनमा योभन्दा अघिको जीटीएमा व्यापक भष्टचार भएको आरोप लगाउँदै यसको अडिट हुनुपर्छ भनी मांग गरेका छन्।

उनले अहिले राज्यको मुख्यमन्त्री ममता ब्यानर्जी पनि दार्जिलिङमै भएकोले यो शपथ ग्रहण समारोहमा उपस्थित भएको भए राम्रो हुने थियो भन्दै जीटीए अहिलेसम्म राम्रो चल्न नसकेको दावी गर्दै अब नयाँ सभासदहरूले राम्रो काम गर्ने आशा व्यक्त गरेका छन् । पछिबाट पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा जीटीए नयाँ चिफ् एक्जीक्युटिभ अनित थापाले अब काम गर्नु धेरै छ भन्दै राज्यपालले जीटीएको अडिट गर्नु पर्ने भन्ने कुराको म सदैव स्वागत गर्छु अनि अडिट हुन आवश्यक छ कारण सरकारको पैसा सठीक रुपमा सदुपयोग हुनुपर्छ भनी बताएका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement