दार्जीलिङ: जीटीएको सत्ता चौकीमा बस्नेहरूले शिक्षित युवा युवतीहरूको भविष्यसँग खेलवाड गर्ने काम गरेको छ भनी युवा शक्ति समुहको चिफ को-अर्डिनेटर राब्गे राईले बताएका छन्। हाम्रो पार्टीको युवा शक्ति समूहले गत केही अघिदेखि पहाडको विभिन्न क्षेत्रहरूमा जन चेतना अभियान चलाउँदै आईरहेको छ। यसै क्रममा आज हाम्रो युवा शक्ति समूहले रंगबुल धोत्रे समष्टिमा जनचेतना अभियान चलाए। यस अवधि हाम्रो युवा शक्ति समुहको चिफ् को-अर्डिनेटर राब्गे राई विशेष रूपमा उपस्थित थिए। त्यसरी नै आशिष छेत्री, नोरा सुब्बा लगायत हाम्रो पार्टीको स्थानीय कार्यकर्ताहरू एंव समर्थकहरूको अपार उपस्थिति रहेको थियो। जनचेतना अभियान यात्रा शुरू गर्न अघि चिफ् को-अर्डिनेटर राब्गे राईले उपस्थित भीडलाई सम्बोधन गर्दै जीटीएको सत्ता चौकीमा बस्नेहरूले फर्जी टेटको आयोजना गरेर हाम्रो शिक्षित युवा जमातको भविष्यसंग खेल्ने काम गरेको छ। जीटीएको सत्ता चौकीमा बस्नेहरूलाई हामीले ४४ हजार टेट परीक्षामा बसेका परीक्षार्थीहरूको पैसा फिर्ता गरी देउभन्दा उनीहरूले लाजै पचाएर ४४ हजार होइन १७ हजार मात्र हो भन्दैछ अनि उनीहरूले परीक्षार्थीहरू को प्रवेश शुल्कको पनि गलत हिसाब मिडिया रिपोर्टहरूमा बताउँदैछ। एक प्रकारले भन्नु हो भने उनीहरूले पहाडको शिक्षित जमातहरूको भविष्यसंग खेलवाड गरेको कुरालाई स्वीकार्दैछ साथै प्रवेश शुल्क को हिसाबमा गडबडी भएको स्वीकार्दैछ भन्ने राईले बताए। उनले अझ भने पाँच डेसिमल पटटाको प्रस्तावलाई राज्य सरकारले फिर्ता लिएको छैन केवल स्थगित मात्र गरेको हो,यसलाई कुनै पनि समयमा फेरि थोप्न सक्छ त्यसकारण पाँच डेसिमल पटटाको अधिसूचना खारिज गरेर चिया श्रमिकहरूको अधिनमा रहेको जे जति जमीनहरू छन ती सबैको पट्टा दिनुपर्छ राईले भने। हाम्रो युवा शक्तिको जनचेतना यात्रा देखेर धेरैले नाना थरीको कुराहरू गरेता पनि अन्धकारको अस्तित्व हटाउन एउटा दियो नै काफी हुन्छ राब्गे राईले भने। पहाडमा दिन प्रतिदिन चिया बगानहरू बन्द हुँदै जान्दैछ। दशैंको मुखमा चिया श्रमिकहरूलाई हरिविजोक बनाउने मालिक ल्याउने काम पनि जीटीएको सत्ता चौकीमा बस्नेहरूले नै ल्याएको हो। यस्ता सत्यतालाई कसैले नकार्न नसक्ने राईले ठोकुवा गरे।