दार्जीलिङ: श्रमिकहरूको अधीनमा रहेको सबै जमीनको मालिकाना हक दिने मांग गर्दै जीटीएको सभासद एंव हाम्रो पार्टीको अध्यक्ष अजय एडवाडर्सले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्र लेखेका छन्। गत केही महिना अघि राज्यको भूमि सुधार विभागले चिया श्रमिकहरूलाई पाँच डेसिमलसम्म पट्टा दिने अधिसूचना जारी गरेको थियो अनि पाँच डेसिमल पट्टालाई लिएर सर्बेको कार्यसमेत आरम्भ भईसकेको थियो। पाँच डेसिमल पट्टाको चिया श्रमिकहरूले जोडदारसंग विरोध गरेको थियो।यसहीच सभासद अजय एडवाडर्सले राज्य सरकारलाई पाँच डेसिमल पट्टाको अधिसूचना खारिज गर्ने मांग गर्दै पत्रचार गरेका थिए अनि सरकारले उक्त अधिसूचनामाथि रोक लगाउने काम गरेको थियो दाबी गरिएको छ। तर आजसम्म पाँच डेसिमल पट्टाको अधिसूचना पूर्ण रूपले खारिज भएको छैन। यी विषयहरूलाई ध्यानमा राख्दै सभासद अजय एडवाडर्सले मुख्यमन्त्री ममता ब्यानर्जीलाई पाँच डेसिमल पट्टाको अधिसूचना पूर्ण रूपमा खारिज गरेर श्रमिकहरूको अधीनमा रहेको सबै जमीनहरूको मालिकाना हक र अधिकार दिने नयाँ अधिसूचना जारी गर्ने मांग गरेका छन्। सभासद एडवाडर्सले मुख्यमन्त्री ब्यानर्जीलाई लेखेको पत्रमा चिया बगानहरूमा मिनिमम वेजेस लागु गरिनु पर्ने साथै चिया श्रमिकहरूको निम्ति सरकारले विभिन्न योजनाहरू जारी गर्नु पर्ने मांग पनि गरेका छन। एडवाडर्सले आफ्नो पत्रमा चिया श्रमिकहरूलाई पाँच डेसिमल पट्टा जारी गरेपछि रहेको जमीनहरूमा चिया बगान मालिकहरूले होटल आदि जस्ता ठूल्ठूला योजनाहरूको निम्ति डीपीआर समेत तयार गरी सकेका छन भन्ने मुख्यमन्त्रीलाई जानकारी गराएका छन्। चिया बगानहरूमा बसोबासो गर्ने श्रमिकहरू चियाको खेती गर्नभन्दा अघिदेखि नै उनीहरू यहाँ बसोबासो गर्दै आएका हुन् साथै उनीहरूको अधीनमा रहेको जे जति जमीनहरू छन् ती सबै उनीहरूको पूर्खौली जमीनहरू रहेेको सभासद एडवाडर्सले मुख्यमन्त्री ब्यानर्जीलाई अवगत गराएका छन्। चिया श्रमिकहरूले आफुहरू बसेको जमीनहरू आफ्नो नाममा नामसारी गरिनुपर्छ भन्ने मांग गरेको भनक पाएपछि कतिपय चिया बगानहरूको मालिकहरूले चिया श्रमिकहरूलाई अनुप्रबेशकारीको संज्ञा दिन्दै यिनीहरूलाई जमीनको पटटा दिनु हुँदैन भन्ने समेत सरकारलाई ज्ञापन पत्र चढाएको सभासद एडवाडर्सले मुख्यमंत्रीलाई लेखेको पत्रमा अवगत गराएको छ। चिया श्रमिकहरू अनुप्रवेशकारी हुँदै होइन, उनीहरू देश स्वाधीन हुनभन्दा अधिदेखि बसो बासो गर्दै आएको हो भन्ने सभासद एडवाडर्सले मुख्यमंत्रीलाई जानकारी गराएको छ। चिया श्रमिकहरूको यहाको रैथाने हरू हुन अनि उनीहरूलाई आफ्नो अधीनमा रहेको जे जति जमीनहरू छन त्यसको मालिकाना हक र अधिकार दिनु पर्छ भन्ने मांग एडवाडर्सले दोहोराएको छ।अर्कोतिर हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी. के. गुरूङले पनि जीटीए चीफ अनित थापाले यी विषयहरूको जानकारी गराउदै पत्रचार गरेको छ। अध्यक्ष गुरूङले पत्रको प्रतिलिपि पश्चिम बंगाल सरकारको श्रमायुक्त,जीटीए मुख्यसचिव आदिलाई पनि पठाएका छन।अध्यक्ष गुरूङले गत केही दिन अधि विभागीय सहसचिवद्वारा जारी गरिएको अधिसूचनाको उलेख गर्दै ६ अक्टोबर भित्रमा चिया श्रमिकहरूलाई २० प्रतिशत पूजा बोनस दिनु पर्ने साथै विगत सालको थाँती रहेको पूजा बोनस पनि एक साथ दिनु पर्ने विषयलाई स्मरण गराएको छ।