श्रमिकले दसैं अघि बोनस पाउनुपर्छल: अनित थापा
मङ्पु: बन्द कमानको समस्या सुल्झाउन जीटीए प्रमुख अनित थापा कलकत्ता जाने भएको छ। उनले
श्रमिकले दसैं अघि बोनस पाउनु पर्छ। हामीले मिलेर नै श्रमिकको हक र अधिकारको निम्ति काम गर्नुपर्छ भनी जीटीए चिफ् अनित थापाले बताएका छन्। उनले यस विषयमा भने, बन्द कमान विषय मैले चिफ् सेक्रेटरीलाई पनि अवगत गराई सकेको छु। मैले दार्जीलिङ जनसभामा पनि भनेको थिए कि समस्या यूको ब्याङ्कको तर्फबाट भएको छ। बन्द कमान यूको ब्याङ्कको कारण भएको हो। यूको ब्याङ्कले अहिलेको मालिकसँग डायलगमा बस्नु नै चाहेको छैन। लेमन् ग्रास पहिलाको मालिकले लिएको लोन तिर्नु राजी छ। तर यूको ब्याङ्कले किन बदमाश गर्नु खोज्दैछ? मैले यूको ब्याङ्क अनि सरकार सँग कुरा सुरु गरेको छु। मैले कुरा गर्ने ठाउँ सरकार नै हो।’
उनले अघि भने, ‘दसैंकै छेउमा श्रमिकहरूले बोनस पाउने समयमा बगानमा समस्या खडा हुन्छ। यसको निम्ति हामीले मिलेर नै लड्नुपर्छ। एक अर्कालाई दोषारोपण गरेर हुँदैन। हामीले दिलाउने भनेको श्रमिकको हक अनि अधिकार हो। त्यो हक अनि अधिकार दिलाउने ठाउँमा मैले आवाज उठाईरहेको छु। दसैं अघि श्रमिकले बोनस पाएको हुनुपर्छ। केही दिनभित्र म कोलकता जाँदैछु यो विषय लिएर।’
जीटीए प्रमुख अनित थापाले टेट परीक्षा विषयमा बोल्दै भने, परीक्षा पूर्ण रूपले वैधानिक हो। यदि टेट अवैधानिक हो भने जीटीए पनि अवैधानिक हो। राज्य अनि केन्द्र सरकारले सही गरेर दिएको एग्रिमेन्ट पनि अवैधानिक हो।’