पाङथाङमा पालन गरियो सिक्किम सशस्त्र पुलिसको ४८औं स्थपना दिवस

n5427992441696084783972fcf9dff575491758049945b6d75a1420230ad4a3a76eae6db4029567d2e2a91c.jpg

कानून व्यवस्थामा सिक्किम पुलिसले उदाहरणीय कार्य गरेको छः प्रेमसिंह तामाङ

गान्तोक: सिक्किम सशस्त्र पुलिसको ४८औं स्थापना दिवस आज पाङथाङमा भव्यरूपमा पालन गरियो।

यस अवसरम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सिक्किम सशस्त्र पुलिस बलको कारण राज्यमा शान्ति, सुरक्षा र सद्भावना कायम रहेको बताए। उनले एसएपीका सबै जवानहरू कानूनको पालन गर्न प्रतिवद्धता रहेको बताए। राज्यका सम्पूर्ण जनताले एसएपीमाथि विश्वास साथै भरोसा राखेको हुनाले उनीहरूको विश्वास र भरोसामाथि खरो उतिर्नु पर्ने आग्रह गरे।

वर्तमान परिपेक्ष्यमा सिक्किम पुलिसको नाम उच्च रहेको उदाहरण दिँदै यसलाई सदैव कायम राख्नु पर्ने अपील गरे। एसएपीलाई यहाँसम्म पुऱ्याउनको निम्ति योगदान पुऱ्याउने सबैलाई आजको दिनमा मुख्यमन्त्रीले सम्झना गरे। वर्तमान सरकारले पुलिसलाई सक्रिय र सशक्त बनाउनको निम्ति विभिन्न प्रकारको सुविधा साथै सहुलियत प्रदान गर्दै आइरहेको उनले जानकारी गराए। हालै वर्तमान सरकारले 580 जना हेड कन्सटेबललाई एएसआईको पदमा पद्दोनति गरेको पनि उनले बताए।

राज्य सरकार सदैव पुलिसवलको हितमा रहेको हुनाले सबैलाई समयसँगै पद्दोनति पनि गर्दै आइरहेको मुख्यमन्त्रीले जानकारी गराए। राज्यमा रहल हेड कन्सटेबलहरूलाई पनि एएसआई बनाउने सरकारले सोंच बनाएको उक्त कार्यक्रममा अवगत गराए। उत्तरपूर्वी राज्यहरूमा सिक्किम कानुन व्यवस्था र शान्तिको निम्ति एक उदाहरणीय राज्यकोरूपमा प्रमाणित भएको मुख्यमन्त्रीले थप जानकारी गराए।

पूर्व सरकारमा केस काट्ने, खाना बनाउनेहरूको पद्दोनति नभएको तर वर्तमान सरकारले यी सबैलाई नै कानून अनुसार पद्दोनति गर्ने सोंच बनाएको अवगत गराए। आजको यस कार्यक्रम अन्तर्गत मुख्यमन्त्रीले पाङथाङमा नयाँ स्टाफ क्वार्टरको निर्माण गर्ने पनि घोषणा गरे। आजको यस कार्यक्रम अन्तर्गत भलिवल प्रतियोगिताको फाइनल खेल पनि सम्पन्न भएको थियो जसमा एसएपी ए कम्पनी बनान एसएपी मुख्यालयबीच भीडन्त भएको थियो, जसमा एसएपी मुख्यालय विजयी बन्यो।

उल्लेखनीय छ, वर्तमान सरकारले ५८० जना हेड कन्सटेबलहरूलाई पद्दोनति गरेर एएसआई बनाएकोमा मुख्यमन्त्री तामाङलाई सम्मान पनि जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement