कम्पनीले अन्याय गरेको भन्दै रमाम तेस्रो स्टेज परिसर वरिपरि पोस्टरिङसँगै माग पूरा नभएसम्म प्रोजेक्ट बन्द गर्ने घोषणा

IMG-20230930-WA0221.jpg

दार्जिलिङ: आफुहरुलाई कम्पनीले अन्याय गरेको भन्दै भुमिहारा संगठन काकेबुङ मौजाद्वारा एनटीपीसी रमाम तेस्रो स्टेज परिसर वरिपरि पोस्टरिङसँगै माग पूरा नभएसम्म प्रोजेक्ट बन्द गर्ने घोषणा गरेका छन्। लामो समयदेखि पटक पटक आश्वासनबाहेक अन्य केही नपाएपछि एनटीपीसी अधीनस्थ रमाम हाइड्रो पावर प्रोजेक्टको तेस्रो स्टेजको कामलाई भूमिहारा संगठन काकेबुङ मौजाले आफ्नो माग पूरा नभएसम्म बन्द गर्ने घोषण गरेका छन। शुक्रबार संगठनको एक प्रतिनिधि टोलीले कम्पनी पक्षलाई भेटे पनि आफुहरुको हकप्रति कम्पनीले केही ठोस कदम नचालेपछि शनिबार भूमिहारा जनताले कम्पनी वरिपरि पोस्टरिङसँगै अनिश्चितकालको निम्ति कम्पनीलाई बन्द गर्ने घोषण गरेका हुन्। हामीले लामो समयदेखि आश्वासनबाहेक अन्य केही पाएनौं पटक-पटक हुन्छ हुन्छ भने पनि हालसम्म भूमिहारा जनता तथा कम्पनीमाझ भएको सहमतिमा एक ईञ्ज काम भएको छैन। यसैले हामी आज यो नतिजामा आउन बाध्य बन्यो भूमिहारा संगठनको सभापति गंगाबहादुर लक्समले बताए भने साधरण जनताको न्यायको निम्ति आफुहरुका लागि पर्ने उनले बताए अर्कोतिर आफुहरुले काम गरेको दाम हालसम्म नपाएको एक काम गर्दै आएका स्थानीय ठेकादारले बताए। अर्कोतिर बन्दबारेमा अझैं कम्पनी प्रशासन तथा भूमिहारा संगठनमाझ प्रशासनको मध्यस्ततामा बैठक भएको भए पनि बैठक निष्कर्षबिहीन सकिएको थियोे।

स्मरण रहोस् रिम्बिक लोधोमा क्षेत्रमा रमाम हाइड्रो पावरको पुरानो प्रोजेक्ट सकिएपछि पुनः १२० मेगावाट क्षमताको नयाँ हाइड्रो पावर निर्माण हुने भएपछि झेपी ग्रामको काकेबुङ क्षेत्रमा मात्रै १०८ परिवारको सगै लोवर सुम्बुक तथा गोक दुइ ग्रामको लोवर नेजी क्षेत्रमा कम्पनीले स्थानीय धेरैको जमिन लिएको भए पनि भुमिहाराहरुले कम्पनीबाट पाउनुपर्ने सुविधा हालसम्म केही नपाएको गुनासो छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement