सोनादा: टुंग-सन्तमेरिज समष्टि अन्तर्गत मार्गरेट्सहोपमा कमल राईको सभापतित्वमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ब्लक कमिटि गठन गरियो। समष्टिका सभापति एवं सभासद नुरी शेर्पाको विशेष उपस्थितिमा सम्पन्न गरिएको सभामा भागोप्रमोलाई अझ सशक्त एवं सुदृढीकरण गर्नका निम्ति भागोप्रमो केन्द्रीय समिति अध्यक्ष अनित थापाको निर्देशमा उक्त ब्लक कमिटी गठन गरिएको हो।
सभामा उपस्थित सदस्य-सदस्याहरुको पूर्ण सहमति अनुसार भागोप्रमो मार्गरेट्स होप ब्लक कमिटिका सभापतिको रुपमा दिपेन्द्र सुब्बा अनि मूल-सचिव रेमोश तामङलाई चयन गरियो। पञ्चायत समिति सदस्य छोगेल लामाद्वारा सञ्चालन गरिएको उक्त सभामा नव-निर्वाचित पञ्चायत प्रधान पेम्बा लामा, समष्टि युवा शक्ति सचिव दिपेश तामङ, ट्रेड युनियनका सुबास तामङ, गुञ्जन रामतेल, शम्भु तामङ, समष्टि सल्लाहकार दिलीप गजमेर उपस्थित थिए।

सभालाई नुरी शेर्पा, पेम्बा लामा अनि दिपेश तामाङद्वारा सम्बोधन गरियो। मार्गरेट्स होप ग्राम पञ्चायत अन्तर्गत पर्ने पञ्चायतका सदस्य-सदस्यागण, गोराबारी, बाँसघारी साथै पाँचवटा बुथका पदाधिकारीगण लगायत कार्यकारिणी सदस्य-सदस्याहरु साथै स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।