रंगबुलमा स्व. दावा माईला डुक्पा मेमोरियल अण्डर-१७ फुटबल टुर्नामेन्ट शुरु

IMG-20230930-WA0214.jpg

सोनादा: युनाईटेड रंगबुल फुटबल क्लबको आयोजनामा रंगबुलमा स्व. दावा माईला डुक्पा मेमोरियल अण्डर-१७ फुटबल टुर्नामेन्ट शुरु भएको छ। आजदेखि शुरु भएको यस फुटबल टुर्नामेन्टमा मुख्य अतिथिको रूपमा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा स्व दावा माईलाकी पत्नी लाक्पा डोमा भोटिया उपस्थित थिइन्। यस टुर्नामेन्टमा जम्मा ३२ वटा फुटबल दलहरूले सहभागिता जनाउने भएको छ। आजको युनाइटेड रंगबुल फुटबल क्लबको तत्वाधानमा खेलाएको प्रथम खेलमा सिक्किम रोङ्ली युनाइटेड ८ गोलले चामलिङ रंगबुकलाई ० को विरुद्धमा जीत दर्ता गरेको छ भने आजको म्यान अफ् द म्याच सिक्किम रोङ्ली युनाइटेडका जर्सी नमेबर १५ अभि छेत्रीलाई स्व दावा माइला डुक्पाकी पत्नी लाक्पा डोमा भोटियाको बाहुलीबाट प्रदान गरिएको छ। यस टुर्नामेन्टको आजको खेल विषयमा युनाईटेड रंगबुल फुटबल क्लबको सभापति पाल्देन जिम्बाले पत्रकारहरूसित कुराकानी गर्दै रंगबुलमा स्व दावा माईला स्मृति अण्डर-१७ फुटबल टुर्नामेन्ट शुरु भएको र यसमा प्राय: सबै जीटीए क्षेत्र र एउटा सिक्किमके गरी जम्मा ३२ वटा टिमहरूले भाग लिईरहेको बताएका छन्। उनले यस टुर्नामेन्टको लागि स्व दावा माइला डुक्पाको परिवारद्वारा विजेता र उप विजेताको ट्रफी प्रायोजक गरेको साथै नगद पनि सहयोग गरेको बताएका छन्। उनले यो टुर्नामेन्ट विगत २०११ देखि नै शुरु गरिएको बताउँदै सहयोग गर्ने सबैप्रति धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement