विदेश मन्त्री जयशंकरले वाशिङ्गटनमा क्यानडालाई देखाए एैना

untitled-design-607-1696061904.jpg

वाशिङ्गटन: भारतका विदेश मन्त्री डा. एस. जयशंकरले आफ्नो अमेरिका यात्रा अवधि शुक्रवार वाशिङ्गटन डीसीमा आयोजित एक संवाददाता सम्मेलनमा क्यानडालाई निकै सुनाए। उनले क्यानडालाई आतङ्कवादको मुद्दामा एैना देखाए।

उनले क्यानडामा खालिस्तानी आतङ्कवादी निज्जर हत्याकाण्डमा मचेको राजनयिक र कूटनीतिक घमासानमा भने, ‘केही वर्षदेखि क्यानडामा आतङ्कवाद, उग्रवाद र हिंसाको बोलबाला छ। यस कारण तिक्तता छ। क्यानडासॅंग वर्तमान तनाउलाई गतिरोध भन्न मिल्दैन।’

उनले भने, ‘यसलाई गतिरोध भन्नु पर्ने हो कि होइन, मलाई थाहा भएन। किनकि, क्यानडाले यसपाली आरोप नै यस्तो लगाएको छ। भारत सरकारको यस्तो नीति छैन भनेर हामीले क्यानडालाई भनेका छौ। यदि क्यानडाले हामीसॅंग कुनै पनि सम्बन्धित जानकारी साझा गर्छ भने हामी त्यसमाथि विचार गर्न तयार छौ।’

जयशंकरले स्पष्ट रूपमा क्यानडाले भारतको निम्ति गाह्रो स्थिति उत्पन्न गरिरहेको छ भनी बताए। उनले भने, ‘क्यानडामा हाम्रा (भारतीय) राजनयिकहरूलाई धमकाउने काम भइरहेको छ। महत्वपूर्ण कुरा के छ भने क्यानडाले अहिलेसम्म आतङ्की निज्जरको हत्यासित सम्बन्धित कुनै पनि दाबीको साक्ष्य प्रस्तुत गर्न सकेको छैन। क्यानडामा हिंसाको माहोल छ। हाम्रो मिशनमाथि हमला भइरहेको छ। वाणिज्य दूतावास छेउ हिंसा भइरहेको छ। के यो सामान्य हो?’ उनले क्यानडाको वर्तमान स्थितिलाई सामान्य भन्न नमिल्ने बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *