घैयाबारी ग्राम पञ्चायत दुईको पहलमा दुई नम्बर बस्तीस्थित फूलबारी पार्कको सर सफाई

IMG-20230930-WA0205.jpg

यस पार्कको सुन्दरीकरण गरेर पर्यटकहरूका लागि खोलिने

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारेदेखि केही तलतिर दुई नम्बर बस्तीमा रहेको फूलबारी पार्कको घैयाबारी ग्राम पञ्चायत दुईको पहलमा आज सर सफाई गरेर यसलाई पर्यटकहरूका लागि सुन्दरीकरण गरेर खोलिने भएको छ। पर्यटकहरूका लागि खोलाउन विगत धेरै वर्षदेखि बन्द रहेको पार्कलाई सञ्चालनमा ल्याउनलाई खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईको बोर्डले पहल गरेर आज सर सफाई गरेका छन्। यस सफाई कार्यमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, घैयााबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, उप प्रधान रञ्जित थापा, पञ्चायत सदस्या पुष्पाकुमारी प्रधान, पञ्चायत सदस्य दिपेन्द्र तामाङ, पञ्चायत समिति सदस्य साजन दर्जी लगायत घैयाबारी ग्राम पञ्चायत दुईका विभिन्न स्वनिर्भर दलहरू, भीसीडी, भीआरपी, श्रीगणेश सहकारी समिति तीनधारेका सभापति बिनयकुमार छेत्री, जनकल्याण समिति दुई नम्बर बस्तीका सभापति युवराज थापा र सचिव हेम सुब्बा साथै अन्य पदाधिकारीहरू र सदस्य सदस्याहरू उपस्थित रहेर सर सफाई गरिएको छ।

यस पार्कलाई श्रीगणेश सहकारी समिति र डीएचआर युके ट्रस्टले २०१४ तिर नै सुन्दरीकरण गरेर पर्ययकहरू र स्थानीयहरूका लागि खोलिएको थियो। उक्त संस्थाहरूले यो दुई नम्बर बस्तीको पार्कसितै चुनभट्टी, तीनधारे बजारक चिल्ड्रेन पार्क र २० माइलस्थित स्मृति वनक पार्कलाई पनि पर्कहरूका लागि सुन्दरीकरण गरेका थिए। तर यो फूलबारी पार्क भने धेरै समयदेखि जीर्णा र बन्दावस्थामा रहेको थियो। पहिलातिर यस दुई नम्बर बस्तीको यो फुलबारी पार्कमा मधेश क्षेत्रबाट पर्ययकहरू साथै वरिपरिकाहरू यहाँ घुम्न आउने गर्दथे। तर २०१७ को आन्दोलन अनि २०२० देखि कोविडको कारणले यो पार्क बन्द गरिएको थियो अनि फरेस्ट विभागले यहाँ घाँसहरू लगाएको र पार्क बन्द गरिएको थियो। त्यसैले आज घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत बोर्डले पहल गरेर सर सफाई गरिएको छ। यस पार्कको सुन्दरीकरणको लागि पञ्चायत समिति सदस्य साजन दर्जीको पक्षबाट फण्ड छुट्टाएर सुन्दरीकरण गरिने भएको बताइएको छ। आजको सर सफाई विषयमा क्षेत्रीय सभासद नवराज छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै गत १५ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म चल्ने ‘स्वच्छता नै सेवा’ नामक केन्द्र सरकारको प्रकल्प अनुसार घैयाबारी ग्राम पञ्चायत दुईको पहलमा सबै उपस्थित भएर अाज यो पार्कको सर सफाई गरिएको छ भनी बताए। उनले यो पार्कको सुन्दीकरणको लागि ग्राम पञ्चायत, पञ्चायत समिति र जीटीएले पनि गर्न सकिन्छ किनभने हामी यस पार्कको संरक्षण गर्न चाहान्छौं भनी बताएका छन्। छेत्रीले यो पार्कको सुन्दरीकरणको लागि पञ्चायत समितिको तर्फबाट फण्ड हालेका छौं भन्दै यसको सुन्दरीकरणक लागि वन विभागको उच्च अधिकारीहरूसित पनि भेट गरेर बातचीत गर्ने बताएका छन्। त्यसरी नै घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत उप प्रधान रञ्जित थापाले यो पार्कको सर सफाईको मुख्य उद्देश्य पार्कलाई फरेस्टले बन्द गरे पनि घैयाबारी ग्राम पञ्चायतको बोर्डले पहल गर्दै यसको सुन्दीकरणको लागि आज सर सफाई गरिएको बताएका छन्। उनले यस सर सफाई कार्यमा सभासद, घैयाबारी ग्राम पञ्चायत दुईको बोर्डका पदाधिकारीहरू, स्विनिर्भर दलहरू, भीसीडी, भीआरपी, स्थानीय ग्रामवासी लगायत जनकल्याण समितिको पदाधिकारीहरू र सदस्य सदस्याहरू मिलेर सर सफाई गरिएको बताएका छन्।

यस क्रममा श्रीगणेश सहकारी समिति तीनधारेको पक्षमा सभापति बिनयकुमार छेत्रीले आफुहरूले यो पार्क २०१४ तिर डीएचआर ट्रस्टसित मिलेर सुन्दरीकरणको कार्य गरिएको तर २०१७ को अान्दोलन र २०२० को कोविडको समयदेखि यो पार्क बन्द थियो तर अब यसलाई पुन: पर्यटकहरूका लागि खोलाउने पहल गरिएको बताए। उनले यो कार्यमा फरेस्टले वाधा नदिएर सहयोग गरियोस् कारण यहां पयटर्कहरु आउनथाले स्थानीयहरूलाई रोजगारको बाटो खोलिन्छ भनी बताएका छन्।

उक्त पार्कको सर सफाईको लागि जनकल्याण समाज दुई नम्बर बस्तीको पक्षमा सचिव हेम सुब्बा अादिले पत्रकारहरूसित कुराकानी जनप्रतिनिधिहरू साथै सबैलाई धन्यवाद दिएका छन् भने भविष्यमा पनि यस पार्कको सुन्दरीकरण र अन्य कार्यमा सहयोगको अपेक्षा राखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement