कोलकाताः ट्रेनहरूको सुचारू रूपमा आवाजाहीको निम्ति दक्षिण एवं उत्तर सियालदह रूटमा ट्र्याक मेन्टेन्सको काम जारी रहनेछ। यसले गर्दा पूर्व रेलवेको सियालदह डिवीजनको बारूइपुर-डायमन्ड हार्बर सेक्शनको बसुलडाङ्गा स्टेशन र सियालदह-बनगाउँ सेक्शनको बनगाउँ स्टेशनमा शनिवार र आइतवार अलग-अलग ट्रेफिक ब्लक रहनेछ।
यसैले ३४८६० अप सियालदह-डायमन्ड हार्बर लोकल डायमन्ड हार्बरको साटो गोराहाटसम्म जानेछ। आइतवार ३४८११ डाउन डायमन्डहार्बर-सियालदह लोकल डायमन्ड हार्बरको साटो मोगराहाटबाट प्रस्थान हुनेछ। अर्कोतिर, ३३८६३ अप सियालदह-बनगाउँ लोकल शनिवार बनगाउँको साटो चान्दपाड़ासम्म जानेछ। पूर्व रेलवे सूत्रहरू अनुसार, ३३८१२ डाउन बनगाउँ-सियालदह लोकल आइतवार बनगाउँको साटो चान्दपाड़ा स्टेशनबाट हिँड्नेछ।
-हिस