सीमा क्षेत्रमा महिलाको शव भेटियो, तृणमूलद्वारा बीएसएफको आलोचना

IMG-20230410-WA0169-11-300x172-12

कोलकाताः उत्तर २४ परगनासॅंग जोडिएको स्वरूपनगरको एउटा उद्यानमा एक युवतीको घॉंटी काटिएको शव भेटिएको छ। यस घटनालाई लिएर सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसने सीमा सुरक्षा बल (बीएसएफ) को आलोचना गरेको छ। पार्टीले यो क्षेत्र बीएसएफको अधिकारभित्र पर्दछ भनी बताएको छ। एक बयानमा तृणमूल कांग्रेसका राज्य महासचिव एवं पार्टी प्रवक्ता कुणाल घोषले दावी गर्दै भनेका छन्, महिलाको शव सीमा बिन्दु छेउ पाइएको छ। उक्त क्षेत्र बीएसएफको अधिकार क्षेत्रमा पर्दछ। मृतक बांग्लादेशी नागरिक हुन सक्ने सम्भावना छ।

बीएसएफले सीमादेखि ५० किलोमिटरको क्षेत्रमा गतिविधिहरूको निगरानी गर्नुपर्छ। बीएसएफ केन्द्र सरकारको अधिकार क्षेत्रमा आउॅंछ। यस कारण यो अपराध कसारी भयो केन्द्र सरकार र भाजपाले जवाफ दिनुपर्छ। जहॉंसम्म राज्य पुलिसको प्रश्न छ, पुलिसले आफ्नो जॉंच कार्य कुशलतापूर्वक गरिरहेको छ।

यस बिच शनिवार बिहान एक्समा एउटा पोस्टमा एनसीडब्लयूले आगामी पॉंच दिनभित्र मामिलाको सम्बन्धमा प्रशासनसॅंग व्यापक कारबाही रिपोर्ट मागेको छ। आयोगले भनेको छ, पश्चिम बंगालको बशीरहाटको स्वरूपनगरमा भएको भयावह घटनाले स्तब्ध अनि दुखी छु। राष्ट्रिय महिला आयोगले तत्काल कारबाहीको माग गर्दछ। हामीले मामिला संज्ञानमा लिएका छौ र पुलिसलाई तीव्रताका साथ जॉंच गर्न लगाएका छौ। चॉंडो पक्राउ गरिनु पर्छ। हामी पॉंच दिनभित्र व्यापक कारबाही रिपोर्टको आशा गर्दछौ।

-हिस

About Author

Advertisement