कोलकाताः केन्द्रिय ग्रामीण विकास मन्त्री गिरिराज सिंहले आगामी हप्ता तृणमूल कांग्रेसको प्रतिनिधिमण्डलसॅंग भेट गर्न अस्वीकार गरेका छन्। तृणमूल कांग्रेसले केन्द्र प्रायोजित योजनाहरू अन्तर्गत पश्चिम बंगाल सरकारलाई लम्बित केन्द्रिय बकायाको मुद्दामाथि चर्चा गर्न बैठको माग गरेको थियो।
तृणमूल कांग्रेसले दई अथवा तीन अक्टोबरमा सिंहसित भेट गर्नको निम्ति समय मागेको थियो। उक्त दुई दिन बंगालको सत्ताधारी पार्टीले लम्बित केन्द्रिय बकायाको मुद्दामा राष्ट्रिय राजधानी स्थित जन्तर-मन्तरमा विरोध प्रदर्शन आयोजन गर्नेछ। तर, उक्त दुई दिन केन्द्रिय मन्त्री राष्ट्रिय राजधानीमा उपस्थित नरहने बताइएको छ।
अर्कोतिर, जन्तर-मन्तरमा प्रदर्शनमा भाग लिनको निम्ति दिल्ली जाने तृणमूल समर्थकहरूले विशेष ट्रेन नपाएपछि पार्टी नेतृत्वहरूले समर्थकहरूलाई राष्ट्रिय राजधानीसम्म पुऱ्याउन बसहरूको व्यवस्था गरेका छन्।
अभिषेक ब्यानर्जीलाई पश्चिम बंगालमा शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा ईडीले तीन अक्टोबरको सोधपुछको निम्ति बोलाएको छ। उनले जन्तर-मन्तरमा पार्टीको आन्दोलन कार्यक्रममा व्यस्तताका कारण त्यस दिन ईडी कार्यालय नजाने जनाएका छन्।
-हिस