खरसाङ: तीनधारे चियाबारीको राँची गाउँमा भागोप्रमोको पञ्चायत सदस्य दिपेन्द्र तामाङ र पञ्चायत समिति सदस्य साजन दर्जीक सहयोगमा दुई घरमा बिजुली बत्ती जड़ान गरिएको छ। तीनधारे चियाबारीको राँची गाउँमा लक्ष्मी तामाङ र मण्डे ऊरावमा घरमा बिजुली बत्तीको जडान गरिएको छ। उक्त दुई घरमध्ये लक्ष्मी तामाङको घरमा १४ वर्षपछि र मण्डे ऊरावको घरमा ८ वर्षपछि बिजुली बत्ती बोलेको जनाइएको छ। यसरी दुई घरमा नि:शुल्क बिजुली बत्ती जड़ान गरिदिएकोमा परिवार पक्षको तर्फबाट हार्दिक धन्यवाद दिएका छन्। यस बिजुली बत्ती जडानको विषयमा भागोप्रमो तीनधारे चियाबारीको संयोजक युवराज प्रधानले जानकारी गराउँदै तीनधारे तीनधारे चियाबारीको राँची गाउँमा दुई घरमा बिजुली बत्ती जड़ानको लागि पञ्चायत समिति सदस्य साजन दर्जी र पञ्चायत सदस्य दिपेन्द्र तामाङले सहयोग गरेको बताएका छन्। उनले यस कार्यको लागि तीनधारे माहनदी समष्टीको सभासद नवराज छेत्री, जीटीए चिफ् अनित थापा, रोशन तामाङ लगायत अन्यलाई धन्यवाद दिएका छन्। उनले राँची गाउँको लक्ष्मी तामाङको घरमा १४ वर्षपछि र मण्डे ऊरावको घरमा ८ वर्षपछि बिजुली बत्ती बोलेको जनाएका छन्। यी दुवै घरले चुनाव अघि नै बत्ती जड़ानको लागि सहयोग मागेको तर चुनावले गर्दा काम नभएकोले अहिले आएल जड़ान गरिएको बताएका छन्। उल्लेख्य छ -तीनधारे चियाबारी क्षेत्रमा युवराज प्रधान र टिमद्वारा धेरैवटा घरहरूमा पहिले पनि बिजुली बत्तीको जड़ान गर्ने कार्य सम्पन्न गरेका छन्।