यहाँ ‘साढेको जुझाईमा बाछाको मिचाई’ भएको छ : राजेस चौहान
सोनादा: बन्दावस्थामा रहेको सोनादा क्षेत्रको मुण्डाकोठी चियाबारीका श्रमिकहरूका अवस्था बुझ्नलाई जीटीएको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहान लगायत मुण्डाकोठी ग्राम पञ्चायतका पञ्चायत प्रधान, उप प्रधान लगायत अन्य सदस्यहरूले निरीक्षण गरेका छन्। लेमन ग्रास कम्पनी अधीनस्थ रहेको मुण्डाकोठी चियाबारी गत सोमबारदेखि बन्दावस्थामा रहेको छ। उक्त बन्दावस्थामा रहेको मुण्डाकोठी चियाबारीका श्रमिकहरूका अवस्था बुझ्नलाई जनप्रतिनिधिहरूका टोलीले निरीक्षण गरेका छन्। दशैंको मुखैमा चियाबारी बन्द भएपछि श्रमिकहरूका अवस्था बुझ्नलाई उक्त टोली मुण्डाकोठी पुगेका हुन्।

उक्त निरीक्षण विषयमा पत्रकारहरूसित कुराकानी गर्दै जीटीएको डेपुटी चिफ् एंव क्षेत्रीय सभासद राजोस चौहानले मुण्डाकोठी चियाबारीका श्रमिकहरूका केही भूल छैन तर यसमा ‘साढेको जुझाईमा बाछाको मिचाई’ भएको बताएका छन्। उनले श्रमिकहरूले केही गरेका थिएनन् तर मालिक र युको ब्यांकबीचको झमेलाले श्रमिकहरूले दु:ख पाएको बताउँदै युको ब्यांक र मालिकबीचको समस्या समाधान गर्नुहोस् तर तपाईहरुका लड़ाईमा श्रमिकहरूले दु:ख पाउनु हुँदैन अनि दशैंको मुखैमा यहाँको श्रमिकहरूले बन्दबाट राहत पाउनुुर्छ भनी बताएका छन्।










