मतिगढ़ा हत्या प्रकरणमा नयाँ मोड़ आरोपी अब्बासले आफूलाई निर्दोष बताए

IMG-20230930-WA0187.jpg

सिलगढ़ी। मतिगढ़ाका नाबालिक विद्यार्थीको हत्या प्रकरणमा नयाँ मोड़ आएको छ। यसअघि आरोपी अब्बासले अदालतमा आफ्नो अपराध स्वीकार गरिसकेका थिए तर आज अब्बासलाई पाँचौं पटक अदालतमा पेश गर्दा उनले आफूलाई निर्दोष बताए। शनिबार अदालतमा लगिँदै गर्दा पत्रकारको प्रश्नको जवाफमा अभियुक्त अब्बासले आफू निर्दोष रहेको बताए। मैले केही गरेको छैन् मलाई फसाइयो र मलाई यातना दिइयो, सबैको अगाड़ी सत्य कुरा बोल्छु अभियुक्त अब्बासले भने। उल्लेखनीय छ २१ अगस्तको दिन मतिगढ़ामा एक नाबालिक छात्राको हत्या भएको थियो। यस सम्बन्धमा मोहम्मद अब्बास ६ घण्टाभित्रै पक्राउ परेका थिए। घटना भएको एक महिना बितिसकेको छ भने आज अब्बासलाई पाँचौं पटक अदालतमा पेश गरिएको थियो। अब्बासले न्यायाधीशको अगाड़ी आफूलाई निर्दोष बताएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement