एसियन गेम्स २०२३: स्क्वाशमा पाकिस्तान पराजित, भारतीय टोलीले जित्यो स्वर्ण पदक

00-1-Squash-1-copy

नयाँ दिल्ली: भारतीय पुरुष टोलीले स्क्वास खेलमा पाकिस्तानलाई २–१ ले हराउँदै स्वर्ण पदक जितेको छ। पछिल्लो खेलमा अभयले पाकिस्तानका नूरलाई हराएर भारतलाई गौरवान्वित बनाएका थिए। अभय सिंहले स्क्वास पुरुष टिम फाइनलको तेस्रो खेलमा पाकिस्तानका जमान नूरलाई ११-७, ९-११, ७-११, ११-९ र १२-१० को सोझो सेटमा पराजित गर्दै भारतलाई स्वर्ण पदक दिलाएका हुन्। पहिलो खेलमा सौरभ घोषालले मुहम्मद असिम खानसँग जित हासिल गरेका थिए भने महेश मानगाउँकरले नासिर इकबालसँग हार बेहोरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement