सत्तारुढ दलका कर्मचारीले नगरपरिषदमा अनुपस्थित भएर तलब खाईरहेको शंकर घोषको आरोप

IMG-20230930-WA0186.jpg

सिलगढ़ी। सत्तारुढ दलका कर्मचारीहरूले नगर परिषदमा उपस्थित हुनुको सट्टा अनुपस्थित रहेर पैसा खाईरहेको आरोप उठेको छ। सिलगढ़ी विधायक शंकर घोषले सिलगढी जर्नलिस्ट क्लबमा मिडियालाई भेट्ने क्रममा उपरोक्त टिप्पणी गरेका छन्। नगरपालिका र एसजेडीएमा भ्रष्टाचार भएको आरोप लगाउँदै विधायकले राज्य सरकारसँग यस विषयमा छानबिन गर्न माग गरेका छन्। शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले नगरपालिकामा कर्मचारीको उपस्थितिको विषयमा मन्त्री फिरहाद हाकिमलाई खोज लिने अनुरोध गरेको बताए। यस बाहेक विधायकले राज्य सरकारलाई सिलगढी जलपाईगुडी विकास बोर्डसँग सम्बन्धित वित्तीय घोटालाको छानबिन गर्नुपर्ने माग पनि उठाउने आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement