सिलगढ़ी। बिहारमा निषेधाज्ञा लगत्तै सिलगढ़ी हुँदै मदिरा तस्करीको कारोबारको स्पेशल अपरेशन ग्रुप (एसओजी) र मतिगढ़ा थानाको पुलिसले पर्दाफाश गरेको छ। सिलगढ़ीमा माछाको पिकअप भ्यानबाट ठूलो परिमाणमा मदिरा बरामद गरिएको छ जसको मूल्य लाखौंमा छ। बरामद मदिरालाई बिहारमा तस्करी गर्ने योजना थियो। यस घटनामा पिकअप भ्यानका चालक पक्राउ परेका छन्। पक्राउ पर्ने चालकको नाम वीरमान साहनी हो। उनी पञ्जाब निवासी भएको बताइएको छ। शुक्रबार राति सिलगढीबाट बिहार नम्बरको पिकअप भ्यान माछा लिएर बिहार जाँदै थियो। एसओजीले सुँईको पाएर मतिगढ़ा पुलिस थानासँग मिलेर शिवमन्दिर क्षेत्रमा अपरेशन गरी पिकअप भ्यानलाई रोकेको थियो। माछाले भरिएको पिकअप भ्यानमा खोजी गर्दा ३५ कार्टुन मदिरा बरामद भएको थियो भने त्यसपछि टोलीले चालकलाई नियन्त्रणमा लिएको थियो। पक्रा परेका चालकलाई मतिगढ़ा पुलिस स्टेशनले आज सिलगढ़ी अदालतमा पेश गरेको छ।










