११ दिनपछि खुल्यो चियाकमान श्रमिकहरुमा खुसीको लहर

IMG-20230930-WA0173.jpg

जलपाईगुढ़ी। राजगञ्ज ब्लकको सुखानी चियाकमान मजदुर-मालिकको असन्तुष्टिको कारण बन्द भएको थियो। अन्ततः करिब ११ दिनपछि कमान खुलेपछि श्रमिकहरु खुसी भएका छन्। श्रमिक र मालिकको असन्तुष्टिलाई लिएर राजगञ्जको सुखानी चियाकमान प्राधिकरणले गत १६ सेप्टेम्बरको दिन तालाबन्दीको सूचना जारी गरेको थियो। पूजाअगावै यसरी कमान बन्द हुँदा करिब ३०० चियाकर्मचारी बेरोजगार भएका थिए। लामो छलफलपछि शनिबार बिहानैदेखि कमान खोल्ने निर्णय भएको थियो भने सोही निर्णयअनुसार शनिबार बिहानैदेखि श्रमिकहरु काम गर्न थालेका छन्। पूजाअगावै कमान खुलेपछि मजदुरहरु खुसी भएका छन्।

यस सम्बन्धमा तृणमूल मजदुर संगठनका नेता तपन देले मालिक र श्रमिकहरुको असन्तुष्टिका कारण कमान मालिकले तालाबन्दीको घोषणा गरेको थियो। श्रमिकहरुको कुरालाई ध्यानमा राख्दै शुक्रबार श्रम विभागसँगको वार्तामा पुजाअघि कुनै असुविधा नहोस् भनेर यो कमान खोल्ने निर्णय भएको र आजदेखि कमान खुलेपछि सबै खुसी भएका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement