कपालबाट चाया हटाउने घरेलु उपाय

00-1-A-Hair-1

कपालको लागि चाया सबैभन्दा ठूलो समस्या हो। जसका कारण सबै चिन्तित हुन्छन्। प्रदुषणसहित अन्य धेरै कारणले चायाले कपाल बिग्रन्छ। यसबाट बच्न मानिसहरु धेरै चीजहरू प्रयोग गर्छन्। यसमा प्राकृतिक चीजहरू पनि समावेश छन्। ती प्राकृतिक चीजहरु जसले चायालाई धेरै हदसम्म हटाउँछ।

घ्यु कुमारी: कपालबाट चाया हटाउन एलोवेरा (घ्यु कुमारी) जेल प्रयोग गर्न सक्नुहुन्छ। यसका लागि टाउकोमा एलोभेरा जेल लगाउनुहोस्। यसलाई बिस्तारै मालिस गर्नुहोस् र ३० मिनेट पछि कपाल धुनुहोस्।

निम्बुको रस: तपाईं कपालको लागि निम्बुको रस पनि प्रयोग गर्न सक्नुहुन्छ। यसका लागि कागतीको रसमा अलिकति पानी मिसाउनुहोस्। स्याम्पु गरेपछि यो मिश्रणले कपाल धुनुहोस्। यो मिश्रणले तपाईको टाउको सफा राख्न मद्दत गर्दछ। यसले टाउकोको पीएच स्तरलाई पनि कायम राख्न मद्दत गर्छ।

अमलाको प्रयोग: चाया हटाउन अमला पाउडर पनि प्रयोग गर्न सक्नुहुन्छ। यो पाउडरमा भिटामिन सी जस्ता पोषक तत्वहरू पाइन्छ। अमला पाउडरको पेस्ट बनाएर कपालमा लगाउनुहोस्। केही समय छोडेपछि धुनुहोस्।

दहीको प्रयोग: चाया हटाउन पनि दहीको प्रयोग गर्न सकिन्छ। यसका लागि टाउकोमा २० मिनेट दही लगाउनुहोस्। यसपछि मनतातो पानीले टाउको धुनुहोस्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *