स्वास्थ्य केन्द्रमा घुँड़ासम्म पानी र मैला जल निकासको अभावमा ब्लक प्रशासनप्रति आक्रोश

IMG-20230930-WA0162.jpg

उत्तर दिनाजपुर। चोपड़ा ब्लकको दलुवा ब्लक स्वास्थ्य केन्द्रमा ढल निकासको कमजोर व्यवस्थाका कारण हल्का वर्षापछि उक्त क्षेत्रमा घुँडासम्म पानी जम्मा हुनेभएकोले चिकित्सक र स्वास्थ्यकर्मीहरू पानीमा जलथल भएर अस्पतालका वार्डभित्र पस्नुपर्ने बाध्यता रहेको छ। यसका लागि पञ्चायत प्रशासन र ब्लक हेल्थ सेन्टरका अधिकारीको चरम उदासीनता रहेको स्थानीय मानिसहरुले दोष दिएका छन्। हल्का वर्षासँगै दलुवा ब्लक स्वास्थ्य केन्द्रको अधिकांश क्षेत्र डुबानमा पर्ने गरेको र शनिबार अविरल वर्षाका कारण स्वास्थ्य केन्द्र अगाडि घुँडासम्म पानी जम्मा भएको थियो।

वर्षाको पानी पसेर स्वास्थ्य केन्द्र जलथल भएको र जल निकासीको समस्याले चिकित्सक र स्वास्थ्यकर्मी मात्र नभएर बिरामी र तिनका परिवारले पनि सास्ती खेप्नु परेको स्थानीय मानिसहरुले जनाएका छन्। दलुवा ब्लक स्वास्थ्य केन्द्रमा ड्रेनेजको समस्यालाई लिएर विभिन्न वर्गमा आक्रोश छाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement