स्कर्पियोले टोटोलाई किचेर चालकको मृत्यु

IMG-20230930-WA0148.jpg

कोचबिहार। सड़क दुर्घटनाका कारण कोचबिहारमा धेरै तनाव उत्पन्न भएको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार, दिनहाटाको नोटकाबाड़ी क्षेत्रमा टोटो र स्कर्पियो एक आपसमा ठोक्किँदा टोटो चालकको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि स्थानीय बासिन्दाहरुले स्कर्पियो नियन्त्रणमा लिएर पुलिसलाई खबर गरेका थिए भने साहेबगञ्ज पुलिस घटनास्थलमा पुगेर शव आफ्नो नियन्त्रणमा लिई स्कर्पियो पनि बरामद गरेको बताईएको छ। टोटोलाई ठक्कर दिने स्कार्पियोमा अवैध लागूऔषध रहेको स्थानीयवासीले आरोप लगाएका छन्। दुर्घटनापछि तस्करहरूले वाहनबाट लागुऔषध बरामद गर्ने प्रयास गरेका थिए तर स्थानीय बासिन्दाको अवरोधका कारण उनीहरु भागेका थिए। यसैबीच स्थानीय बासिन्दा घटनास्थलमा जम्मा भएर स्थिति तनाउपूर्ण बनेपछि पुलिसले लाठीचार्ज गरेको आरोप छ।

भारत–बंगलादेश सिमाना नजिक भएकाले भारत–बंगलादेश सीमा नाकाबाट लागुऔषध तस्करी गर्ने उद्देश्यले स्कार्पियो ल्याएको गाउँलेहरुको अनुमान छ। गाउँलेहरूले गाड़ीमा लागुऔषध रहेको दाबी गरे पनि पुलिसले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन। दिनहाटाको नोटकाबाड़ी क्षेत्रमा स्कर्पियो र टोटो रिक्साको ठक्करबाट टोटो चालक शहिदुल मियाँको मृत्यु भएको कोचबिहारका पुलिस अधीक्षक द्युतिमान भट्टाचार्यले बताएका छन्। शहिदुल मियाँ दिनहाटाको साहेबगञ्ज थाना अन्तर्गत सुकरुर कुटी क्षेत्रका बासिन्दा हुन्। हत्यारा स्कर्पियो चालकको खोजी पुलिसले गरिरहेको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement