
जून, तारा र शरदको आकाश मनपर्छ
यस्तोमा प्रियतमाको आभास मनपर्छ
महल देखाएर के गर्छौ बस्नु नै छैन भने
सानै होस् तर झोपडीकै वास मनपर्छ
प्रेम भनेको शारीरिक प्यास मात्र होइन
तरैपनि प्रियसीको श्वास प्रश्वास मनपर्छ
गुणसितै मिल्दो जुल्दो रूप पनि हुनैपर्छ
त्योमाथि गालामा डिम्पल खास मनपर्छ
साँचो माया लाएर पनि धोका खानु पर्दा
कहिलेकहीँ मदिरा भरेको ग्लास मनपर्छll










