कंगनाको फिल्म ‘चन्द्रमुखी-२’ ठूलो पर्दामा रिलिज

00-1-Chandramukhi-2

मुम्बई: कंगना रनौतको फिल्म ‘चन्द्रमुखी-२’ आज अर्थात् २८ सेप्टेम्बर बिहीबार हलमा रिलिज भएको छ। यस फिल्ममा राघव लरेन्सको पनि अभिनय रहेको छ। उनी मुख्य भूमिकामा छन्। चलचित्रले अहिलेसम्म दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। फिल्म रिलिज भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्वीटरमा फिल्मको बारेमा प्रतिक्रिया दिइरहेका छन्। यसअघि कंगना रनौतको यो फिल्म १५ सेप्टेम्बरमा रिलिज हुने भएको थियो। तर निर्माण पक्षले प्राविधिक ढिलाइको कारण देखाउँदै सेप्टेम्बर २८ मा रिलिज गर्ने निर्णय गरेको हो। फिल्ममा कंगनाले राजाको दरबारमा नर्तकीको भूमिका निभाएकी छिन्, जो आफ्नो सौन्दर्य र नृत्य कौशलका लागि चर्चित छिन्। जबकि राघव लरेन्सले भेट्टैयान राजाको भूमिका निभाएका छन्। यो चलचित्रलाई पी वासुले निर्देशन गरेका हुन्। यो फिल्म २००५ को तमिल हरर कमेडी चन्द्रमुखीको दोस्रो भाग हो। यसअघि चन्द्रमुखीमा रजनीकान्त र ज्योतिका मुख्य भूमिकामा थिए। चन्द्रमुखी-२ लाईका प्रोडक्सन र सुबास्करनले निर्माण गरेका हुन् र यो फिल्म तमिल, तेलुगु, हिन्दी, मलयालम र कन्नड भाषामा रिलिज भएको छ। चलचित्रको संगीत ओस्कार विजेता एमएम किरावानीले दिएका हुन्। फ्यानहरूको प्रतिक्रियाको बारेमा कुरा गर्दा, सोशल मिडिया प्रयोगकर्ताहरू कंगनाको कामको तारिफ गर्दा थाकेका छैनन्। उनको अभिनयदेखि लिएर डान्ससम्म उनको निकै तारिफ भइरहेको छ। कंगनालाई यो फिल्मबाट धेरै अपेक्षा छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *