
भिजिन्छ सधै,
आँसुमा भिजिन्छ,
खुशीमा भिजिन्छ,
मायामा भिजिन्छ,
ब्यथामा भिजिन्छ,
विश्वासमा भिजिन्छ,
अहंकारमा भिजिन्छ,
धर्ममा भिजिन्छ,
जुवामा भिजिन्छ,
मदिरामा भिजिन्छ,
सम्पत्तिमा भिजिन्छ,
मौसम नै छ यस्तो
भिज्ने छ मौसम
शब्दले पनि भिजिन्छ,
जब बर्सन्छन् थोपा बनी,
मौसम जे नै होस्
मन भिजिजान्छ।
भिजेर नै मदिरामा शरीर नाशिन्छ।
भिजेर नै जुवामा चिरहरण गरिन्छ।
भिजेर अहंकारमा लंका सकिन्छ भने भिजेर मायामा संसार अडिन्छ ।
भिजेर नै विश्वासमा संसार चलिन्छ ।।
यसैले भिज्नु छ
आआफ्नो गतिमा,
भिज्ने मौसम यस्तै छ,
भिज्ने मन छ तिमीसँग
आउ भिजौ……
माया र विश्वासको
बर्खाले निरन्तर…
यो धरतीलाई भिजाउ।।।
(लेखिका भारतीय नेपाली साहित्यको संसारमा सुपरिचित महिला कवि एवं गजलकार हुनुहुन्छ)