जलपाईगढ़ी/अलिपुरद्वार: मौसम विभागले गरेको पूर्वानुमान मुताबिक शनिबार विहानदेखि डुवर्सको अलिपुरद्वार जिल्ला औ जलपाईगढ़ी जिल्लाभरी नै पातलो रुपमा भएता पनि पानी पर्न शुरु भएको छ। विहानदेखि नै आकासमा कालो बादल छाएको साथै छ्यारछ्यारे पानी परेकोले गर्मी र आद्रताबाट मानिसहरुले केही राहत पाएका छन्। यता पूजा र चाढ़बाढ़को अघि यसरी पानी परेकोले डेकोरेटरहरु साथै पूजा कमिटीहरु चिन्तित देखिएका छन्।

पूजा कमिटी औ डेकोरेटरहरु मण्डपलाई पानीबाट बचाउन व्यस्त देखिएको छ भने गर्मीबाट राहत पाएकोले मानिसहरु हर्षित पनि देखिएको छ।










