महिलाहरूको कार्यस्थलमा हुने यौन उत्पीडन सम्बन्धी सचेतना कार्यक्रम आयोजित

IMG-20230929-WA0286.jpg

गान्तोक: महिला तथा बाल विकास विभागको पहलमा राजधानीस्थित चिन्तन भवनमा महिलाहरूको कार्यस्थलमा हुने यौन उत्पीडन सम्बन्धी आन्तरिक गुनासो समिति र स्थानीय गुनासो समिति र विद्यालय तथा महाविद्यालयका विद्यार्थीलाई एक सचेतना कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा महिला एवम वाल विकास विभाग मन्त्री सञ्जीत खरेल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने एससीपीसीआरकी अध्यक्ष रोमा तामाङ, उपमेयर छिरिङ पाल्देन भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सञ्जित खरेलले यस प्रकारको कार्यक्रममा सहभागी हुन पाएकोमा कृतज्ञता व्यक्त गरे। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा रहेको वर्तमान सरकारमा साँचो अर्थमा महिला सशक्तीकरण सम्भव भएको बताए। वर्तमान सरकारले आमा, बाहिनी र वात्सल्य जस्ता शुरू गरेर राज्यका महिला उत्थानका लागि सरकारले इमान्दार प्रयास गरिरहेक प्रमाण दिए। यसै क्रममा सिक्किम उच्च न्यायालयकी वरिष्ट अधिवक्ता डा. डोमा टी. भोटियाले साधन व्यक्तिले कुनै पनि अप्रिय र अनावश्यक स्पर्शलाई यौन उत्पीडनको रूपमा मानिन सक्ने विषयमा जोड दिइन्। यसका साथै उनले महिला वस्तु नभएको कारण समान अधिकार र सम्मानका साथ सबैले व्यहवार गर्नुपर्ने आग्रह आग्रह गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement