गान्तोक: नेपाली सांस्कृतिक परिषदका अध्यक्ष अनन्त कुमार भण्डारीको नेतृत्वमा एउटा प्रतिनिधि टोलीले आज राजभवनमा राज्यपाल लक्ष्मण प्रसाद आचार्यसित शिष्टाचार भेट गरे। भेटघाट अवधि अध्यक्ष कुमार भण्डारीले राज्यपाललाई परिषदको कार्यक्रमहरू बारे जानकारी गराए। यसको साथै आगामी कार्यक्रमहरू बारे पनि अवगत गराए।
प्रतिनिधि टोलीका सदस्यहरूसित कुराकानी गर्दै राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किमका विभिन्न संस्कृति र परम्पराहरूको संरक्षणलाई लिएर खुशी व्यक्त गरे। उनले यस विरासतलाई अघि बड़ाएर लाने नेपाली सांस्कृतिक परिषदसित अपील गरे।