चाँड़ै आउँदैछ २००एमपी क्यामेरा भएको मोटोरोला ५जी स्मार्टफोन

IMG-20220714-WA0101.jpg

कोलकत्ता: विश्वलाई मोबाइल फोनसँग परिचित गराउने मोटोरोलाले फेरि एउटा असाधारण फोन लञ्च गरेर खलबली मचाएको छ। लेनोभोको हातमा बिक्ने मोटोरोला फेरि अस्तित्वमा आएको छ। यसपाली एकदमै कम्ती मूल्यमा २०० मेगा पिक्सलको साथ मोटोरोला फ्रण्टियर (Frontier) लाई लञ्च गरिएको छ। यस मोबाइलमा केही असाधारण फीचर्स दिइएको छ। यो २००एमपी को रियर क्यामेरा भएको पहिलो फोन हो। क्यामेरा बाहेक पनि यस स्मार्टफोनमा आधुनिक फीचर्स पनि निक्कै दिइएको छ। फोनलाई कम्ती मूल्यमै बजारमा उतारिएको छ।

मोटोरोलाको अल्टीमेट ५जी स्मार्टफोन मीडिया रिपोर्ट्स अनुसार यस स्मार्टफोनमा यस्तै धेरै फीचर्स दिइएको छ, जुन अहिलेसम्म केवल महँदो स्मार्टफोन्समा प्राप्त हुन्थ्यो। चीनको सोशल नेटवर्किंग वेबसाइट Weibo मा पनि कंपनीले स्मार्टफोनको टीजर्स जारी गरिरहेक छ, जसको माध्यमले मानिसहरूलाई यस फोनबारे जानकारी दिइँदैछ।

मोटोरोला फ्रण्टियर- को स्पेसिफिकेशन्स र ब्याटरी क्यापसिटी यस स्मार्टफोनमा इस्नापद्रगोन(Snapdragon) ८ जेड एन १+ यसओसी प्रोसेसर दिइएको छ, जसको साथमा १२जी बी ऱ्याम र २५६जी बी सम्म इंटरनल स्टोरेज प्राप्त हुनेछ। यसमा ६.७-इंचको ओएलईडी डिस्प्ले, १४४येच जेड को रिफ्रेश रेट र फुल एचडी+ रेजोल्यूशन प्राप्त हुनेछ। ब्याटरीको कुरा गर्दा यस फोनको साथ ४,५००एमएयेच को ब्याटरी र १२५वाट को फास्ट चार्जिंग सपोर्ट एवम् ५०वाट को वायरलेस चार्जिंग सपोर्ट प्राप्त हुन सक्छ।

मोटोरोला फ्रण्टियर मा हुनेछ २०० एमपी को अभूतपूर्व क्यामेरा यस स्मार्टफोनको सबैभन्दा ठूलो खुबी नै २०० मेगापिक्सलको क्यामेरा हो। मोटोरोला फ्रण्टियर मा ट्रिपल रीयर क्यामेरा सेटअप दिइएको छ जसमा २००एमपी को मेन सेंसर, ५०एमपी को अल्ट्रा-वाइड क्यामेरा र १२एमपी को टेलीफोटो क्यामेरा हुनेछ। यसको साथै यादगार सेल्फीको निम्ति ६०एमपी को फ्रंट क्यामेरा हुनेछ।

अहिले मोटोरोला फ्रण्टियर-को लञ्चिंग डेटबारे कंपनीले कुनै आधिकारिक घोषणा गरेको छैन। यसबीच कंपनीसँग सम्बन्धित सूत्रबाट थाहालागे अनुसार मोटोरोलाको नयाँ फोनलाई दशैं अघि लञ्च गरिने सम्भावना रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement