नक्सलबारी। सीपीएमद्वारा नक्सलबारी पञ्चायत कार्यालय घेराबन्दी र ज्ञापनपत्र बुझाउने क्रममा व्यापक तनाउ उत्पन्न भएको थियो। सो क्रममा सीपीएम र तृणमूलका पञ्चायत सदस्यहरु आपसमा झड़प भएका थिए। १५ बुँदे मागलाई लिएर नक्सलबारी ग्राम पञ्चायतमा सीपीएमले घेराउ गर्दा व्यापक तनावको वातावरण बनेको थियो। प्रधानलाई ज्ञापनपत्र बुझाउने क्रममा एक महिलालाई ‘सीपीएम कार्यकर्ता’ भनेर तृणमूल पञ्चायतका सदस्यहरूबीच झगडा भयो। यसपछि दुई तृणमूल पञ्चायत सदस्य र सीपीएम क्षेत्र समिति सचिवबीच झगडा र हानाहान सुरु भएको थियो। घटनाको खबर पाएलगत्तै नक्सलबारी पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो। यस सम्बन्धमा सीपीएमको नक्सलबारी एरिया कमिटीका सचिवले तृणमूल पञ्चायत सदस्यले महिलालाई धम्की दिएको बताएका छन्। अर्कोतर्फ नक्सलबारी ग्राम पञ्चायत प्रधानले पूर्वनिर्धारित ज्ञापनपत्र बुझाउने सीपीएमको रहेको तर कसैले माहौल बिगार्ने काम गरेको बताए। यस विषयमा छलफल गर्ने प्रधानले जनाएका छन्।