अभिनेता सर माइकल ग्याम्बनको निधन

00-1-Gamban

नयाँ दिल्ली: हलिउडको प्रसिद्ध ह्यारी पोटर सिरिजमा प्रोफेसर अल्बस डम्बलडोरको भूमिका निभाएका अभिनेता सर माइकल ग्याम्बनको निधन भएको छ। ८२ वर्षीय माइकललाई निमोनियाका कारण अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनले अन्तिम सास फेरे। माइकलले ह्यारी पोटर सिरिजका ८ मध्ये ६ फिल्ममा डम्बलडोरको भूमिका निभाएका थिए। ग्याम्बोनको मृत्युको जानकारी उनका छोरा र श्रीमतीले दिएका छन्। सन् १९४० मा आयरल्याण्डको राजधानी डब्लिनमा जन्मेका माइकलले थिएटरबाट आफ्नो अभिनय करियर सुरु गरेका थिए। सन् १९६५ मा उनले ओथेलो फिल्मबाट डेब्यु गरेका थिए। उनको अन्तिम फिल्म २०१९ मा रिलिज भएको कर्डेलिया थियो। आफ्नो ५४ वर्ष लामो फिल्म करियरमा माइकलले आफ्नो वास्तविक पहिचान ह्यारी पोटरबाट मात्र पाएका थिए।

यो उल्लेखनीय छ कि सर माइकल ग्याम्बनले डम्बलडोरको भूमिकाका लागि विश्वभर विशेष मान्यता प्राप्त गरेका थिए। तर, उनले अन्य धेरै हलिउड फिल्ममा पनि काम गरिसकेका छन्। उनले आफ्ना प्रत्येक पात्रलाई दर्शकसामु निकै सुन्दर ढंगले प्रस्तुत गरेका छन्। चलचित्रबाहेक उनी थिएटरमा पनि सक्रिय थिए। उनले ‘पिन्टर’, ‘बेकेट’ र ‘एकबोर्न’ नाटकमा उत्कृष्ट काम गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *